728x90 AdSpace

  • ताजा ताजा

    सञ्जय साहलाई थुनामै राख्ने आदेश सदर


    काठमाडौं, श्रावण २० - जनकपुर बमकाण्डका मुख्य अभियुक्त सञ्जयकुमार साहलाई छाड्न सर्वाेच्च अदालतले इन्कार गरेको छ ।
    प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले बुधबार गरेको आदेशअनुसार साहलाई पुर्पक्षका लागि थुनामा राख्ने धनुषा जिल्ला अदालतको आदेश नै सदर भएको छ ।
    जिल्ला अदालतको आदेशविरुद्ध साहले १७ नं. को निवेदन (मुलुकी ऐनअनुसार तल्लो अदालतले सुरुवाती आदेश गर्दा चित्त बुझेन भने माथिल्लो अदालतमा पुनरावेदनसरह दिन पाइने निवेदन जो अदालती बन्दोबस्तीको १७ नम्बरमा उल्लेख छ) सर्वाेच्चमा दिएका थिए ।
    सदभावनाबाट सभासद निर्वाचित साह पक्राउ परेपछि उनको सभासद पद निलम्बन भएको थियो ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सञ्जय साहलाई थुनामै राख्ने आदेश सदर Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top