728x90 AdSpace

  • ताजा ताजा

    हावामा यसरी उडे १६४ मानिस, बन्यो विश्वकिर्तिमान (भिडियो सहित)

    दुनियामा खतरनाक स्टन्ट देखाउने मानिसहरुको केही कमी छैन । अमेरिकामा पनि हालै सासै रोकिदिने खालको स्टन्ट देखाइएको छ । उक्त स्टन्टमा १-२ जना होइन १ सय ६४ जना मानिसहरु एकसाथ हावामा उडे अनि मानिसहरु उडेको देख्नेहरु जिल्ल परिरहे ।
    अमेरिकाको शिकागोमा १ सय ६४ जना स्काइडाइभर्सले ३ सय ८६ किलोमिटर प्रतिघण्टाको स्पीडमा आकाशमा अहिलेसम्मकै सबैभन्दा ठूलो भर्टिकल फर्मेसनको रेकर्ड बनाएर देखाएका छन् ।
    भिडियो हेर्नुहोस्
    १ सय ६४ डाइभर्सहरुले उक्त भर्टिकल फर्मेसनका क्रममा आकाशमा ठूलो फूलको आकार बनाएका थिए । यसभन्दा पहिले सन् २०१२ मा १ सय ३८ जनाले स्काइडाइभ गरेर यस्तो रेकर्ड कायम गरेकोमा शिकागोमा हालै यो रेकर्ड तोडिएको हो । रेकर्ड तोड्नका लागि उक्त अन्तराष्ट्रिय टोलीले १३ पटक प्रयास गरेका थिए ।
    किर्तिमानधारी डाइभमा अमेरिका, फिनल्याण्ड, युएइ, भेनेजुयला, अस्ट्रेलिया, फ्रान्स तथा बेल्जियम लगायतका देशका उत्कृष्ट स्काइडाइभर्सहरु  सहभागी भएका थिए ।

    थप तस्वीरहरू हेर्नुहोस्





    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हावामा यसरी उडे १६४ मानिस, बन्यो विश्वकिर्तिमान (भिडियो सहित) Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top