728x90 AdSpace

  • ताजा ताजा

    इसाइकरणले यसरी फुटाउँदैछ आदिवासी जनजातिलाई

    सन्दर्भ : पहिचान भर्सेज धर्मनिरपेक्षता
    अर्जुनबाबु माबुहाङ
    आज नेपालमा धर्मनिरपेक्षताका बारेमा विभिन्न कोेणबाट बहसहरू भइरहेका छन् । हिजो बेलायतमा होलोयकले सेकुलरिज्मको ब्याख्या गर्दा उनलाई त्यहाँको प्रशासनले कैद गर्‍यो । इसाईहरूले उनलाई जिउँदै जलाउन खोजे । तर, आज उनैको सेकुलरिज्मको परिभाषाभित्र धर्मको विषय नितान्त व्यक्तिगत हो भन्ने बुझाइ विकसित भइरहेको छ ।


    हाम्रो देशमा यस्तो अवस्थामा कुनै पनि समुदाय, व्यक्तिले तुरुन्त धर्म परिवर्तन गर्न सक्ने र धर्म परिवर्तन गर्न पाउने अधिकारको कानूनी मान्यताको विकास हुन गइरहेको बुझाइ पनि छ । यस्तो अवस्थामा इसाई धर्मालम्वीहरूको संख्या बढ्ने पनि निश्चित छ । इसाई धर्मालम्वीहरूको संख्या बढ्दा सबैभन्दा बढी आदिवासी जनजाति समूहहरूबाट त्यसमा सहभागी हुनेछन् ।
    यस्तो हुनमा पहिलो कुरा त आदिवासी जनजातिका परम्परा संस्कारहरू धर्मका रूपमा विकसित हुन सकेका छैन ।
    दोस्रो, आदिवासी जनजातिहरू आर्थिकरूपमा दुर्बल छन् । पाप र धर्म भन्दा पनि उनीहरूलाई पेटपालो गराए पुग्ने इसाइहरूले बुझेका छन् ।
    तेस्रो कुरा, आदिवासी जनजातिका अगुवाहरू हिन्दू धर्मालम्वी शासक वर्गहरूका विपक्षमा उभिएका छन् । यस्तो उपल्लो जातिका सभ्रान्तहरूले आफ्नो धर्म, संस्कार जोगाउन आफ्ना सनातनी संस्कारलाई समयसापेक्ष बनाउँदै लैजाने कि कानुनी सहायता लिने उनीहरू संकटमा परेका छन् ।
    धर्मनिरपेक्षता के हो ?
    धर्मनिरपेक्षताको अर्थ “सेकुलर” लाग्ने गर्छ । सेकुलर शब्द ल्याटिन शब्दको “सेकुलम” बाट अंग्रेजीमा आएको हो ।
    बेलायती नागरिक जर्ज जेकोब हेलियोकले सन् १८४६ मा कुनै पनि मानिसको विचार स्वतन्त्र हुनुपर्छ भन्ने मान्यतालाई जोड दिँदै सेकुलर शब्दको कोइन गरेका थिए । उनी रिजनर पत्रिकाका सम्पादक थिए । स्वतन्त्र विचार र ईश्वरीय निन्दाको वकालत गर्ने उनी सामाजिकर्मी थिए । उनी फ्रान्सेली राज्य क्रान्तिबाट प्रभावित थिए ।
    इसाई धर्ममा लागेका आदिवासी जनजातिहरूले आफ्नो परम्परा, संस्कार र संस्कृति पुरै त्यागेका छन् । आदिवासी जनजातिहरूको सनातनी संस्कारमा फाटो ल्याएका छन्
    फ्रान्समा  सन् १७८९-१७९१ मा पहिलो संविधान बन्दा ताका राज्यबाट चर्चलाई अलग  गरियो । अथवा त्यहाँ राज्यलाई धर्म किन चाहियो भन्ने मान्यताको विकास गरियो । सेकुलर शब्दको राजनीतिक अर्थले राज्यबाट धार्मिक संस्थाहरू अलग्गिनु पर्ने मान्यता राख्छ । कानूनका अगाडी  विभिन्न आस्था बोकेका र धार्मिक समुदायहरूमा सबै समान हुन भन्ने मान्यता राख्छ ।
    फ्रान्समा राज्यबाट चर्च अलग्गिनु भारतमा कानूनका आधारमा मुुसलमान, हिन्दू समान हुन भन्ने मान्यता भित्र हामीले धर्मनिरपेक्षताको अर्थ खोज्नुपर्ने बुझिन्छ ।
    पहिचान के हो ?
    जाति, भाषा, धर्म, संस्कृति र ऐतिहासिकताका आधारमा कुनै पनि जाति चिनिनु जातीय पहिचान हो । कुनै जाति वा व्यक्तिको पहिचान राज्यसँग जोडिएमा त्यसले त्यो जातिले वा व्यक्तिले अपनत्वको महसुुुस चाँडै गर्छ । वर्तमान संविधान निर्माणका क्रममा प्रत्येक जाति, समुदाय आफ्नो पहिचान राज्यसँग जोड्न चाहन्छन् ।
    के इसाईहरूले मात्रै हिन्दूलाई साइजमा ल्याउन सक्छन् ?
    केही महिनाअघि इसाई धर्मालम्वी गायिका अञ्जु पन्तले हिन्दू भजन गाउन नमानेकोमा उनका स्रोताहरूले राष्ट्रिय गायिका भएर हिन्दू भजन गाउनुपर्ने धारणा राखेका थिए । बौद्ध धर्मालम्बी जनजाति नेता आङकाजी शेर्पाले भने कुनै गीत गाउनु नगाउनु गायिकाको इच्छाको कुरा हो भनेर गायिकाको  डिफेन्स गरेका थिए ।
    धर्मनिरपेक्षतासम्बन्धी हामीकहाँ फरक-फरक बुझाइ छ । गराई पनि त्यस्तै छ । विशेषगरी आदिवासी जनजातिहरू धर्मनिरपेक्षतालाई धार्मिक सहिष्णुताका हकमा मात्र बुझ्न चाहँदैनन् । बरु हिन्दूहरूलाई इसाईहरूले मात्र साइजमा ल्याउन सक्छन् भन्ने उनीहरूको आग्रह  छ ।
    इसाइकरणप्रति आदिवासी जनजाति अगुवाहरू एक शब्द नबोल्नुले उनीहरूले भन्ने गरेको पहिचान उनीहरूका लागि मञ्च बन्ने आधार मात्र बनेको छ
    वास्तवमा इसाईहरूले ल्याटिन अमेरिकी मात्र मुलुकहरू त के भारतमा नै पनि त्यहाँका आदिवासीहरूलाई इसाई बनाएर उनीहरूका अधिकारहरू स्थापित गराइदिए । आज नागाल्याण्डमा नागाहरूको सनातनी परम्परा “हेरेक्का” को टिपोट मात्र पाइन्छ । नेपालका आदिवासी जनजाति अगुवाहरूले यस्तो कुरा बुझेका छन् ।
    गोष्ठी कार्यक्रमहरूमा पहिचानका कुरा उनीहरूले गरे पनि डलर दिने पनि र आफ्ना अधिकार पनि इसाईहरूले स्थापित गरिदिन्छन् भन्नेमा उनीहरू ढुक्क छन् । त्यसैले उनीहरू पहिचानलाई खोज-अनुसन्धानमा र सांस्कृतिक कार्यक्रमका झलकहरूमा सीमित राख्न चाहन्छन् ।
    इसाई धर्ममा लागेका आदिवासी जनजातिहरूले आफ्नो परम्परा, संस्कार र संस्कृति पुरै त्यागेका छन् । आदिवासी जनजातिहरूको सनातनी संस्कारमा फाटो ल्याएका छन् । सदियौं वर्षदेखि आदिवासीका परम्परा, संस्कृति र रहन सहनमा जरा गाडेको हिन्दू धर्मले आजसम्म उनीहरूको संस्कारमा फाटो गराउन सकेको थिएन ।
    तर, आजका इसाई धर्मावलम्वी बनेका आदिवासी जनजातिहरू आफ्नो वंश, जाति, आस्था, परम्परा, संस्कार र संस्कृति, टोल, गाउँ त्यागेर इसाइकरण वा धार्मिक मण्डलीको बिस्तारमा जुटेका छन् ।
    इसाइकरणप्रति आदिवासी जनजाति अगुवाहरू एक शब्द नबोल्नुले उनीहरूले भन्ने गरेको पहिचान उनीहरूका लागि मञ्च बन्ने आधार मात्र बनेको छ ।
    शासकहरु किन धर्मनिरपेक्षता चाहन्छन् ?
    सत्ताधारीहरूलाई इसाई मुलुकहरूसँग जोरी खोजेमा आफ्नो सत्ता र भोगमा असर पर्ने र बाँकी जिन्दगी इसाई मुलुकहरूमा सेटल हुन गाह्रो पर्ने बुझेकाले धर्मनिरपेक्षतालाई ब्यालेन्समा राख्न चाहन्छन् । केही महिना अगाडिमात्र बेलायती राजदुत एण्डि स्पाक्र्सले उनीहरूलाई सम्झाइसकेका छन् ।
     
    कमल थापालाई पनि धर्मनिरपेक्षता नै ठीक
    धर्मनिरेपक्षताको बहस यति पनि नचले कमल थापालाई राजनीति गर्ने ठाउँ कसरी मिल्छ ? धर्मका नाममा राजनीति गर्न जति सजिलो हुन्छ, भोलि यसले निम्त्याउने परिणाम सुल्झाउन त्यति नै कठिन हुने निश्चित छ ।
    वास्तवमा हिन्दू राज्यको माग नेपाली जनताले हिजो पनि गरेका थिएनन र आज पनि गरिरहेका छैनन ।
     
    हामीलाई चाहिँ के ठीक, के बेठीक ?
    धर्म समूदायलाई चाहिने हो । समूदायले राज्य चलाउने हो । भारतमा धर्मनिरपेक्ष राज्यभन्दा भन्दै मुसलमानले चारचोटि विवाह गर्न पाउने कानुन बन्यो ।
    त्यहाँको कानुन मुसलमानको धार्मिक कानून सारीयाबाट प्रभावित हुन पुग्यो । हाम्रै देशमा पनि आजसम्म पनि देवानी कानूनहरू कुनै पनि जातिका प्रथाजनित कानूनहरूबाट प्रभावित छन् । अन्तरिम संविधानले धर्म निरपेक्षताको घोषणा गरे पनि मन्दिर, गुठीका जग्गामा बसोबास गर्नेहरूले पूर्जा पाएका छैनन् ।
    राज्यले कानूनको नजरमा सबै जातजातिका आस्था, धर्महरू समान छन् भन्ने बोध दिलाउन संविधानमा बहुधार्मिक राज्यको उल्लेख गरे पुग्छ । ऐन, कानूनहरूमा, राज्यले अँगालेका प्रतीकहरूमा, चाडपर्वहरूमा, सरकारी विदाहरूमा, पाठ्यक्रमहरूमा जातीय तथा सामाजिक विभेदहरू देखिनुहुँदैन । बहुबली, सम्भ्रान्त र शासक भएको घमण्डमा यस्ता संवेदनशील कुराहरूलाई ध्यान दिइएन भने राष्ट्रियता भाँडिन्छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: इसाइकरणले यसरी फुटाउँदैछ आदिवासी जनजातिलाई Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top