728x90 AdSpace

  • ताजा ताजा

    नेपाललाई हिन्दु राष्ट्र बनाउन जनकपुरमा प्रदर्शन हुने

     जनकपुरधाम । संविधानमा नेपाललाई हिन्दू राष्ट्रको रुपमा उल्लेख गराउन जनकपुरमा वृहत प्रदर्शन हुन लागेको छ । जनकपुरको मठमन्दिरका महन्थहरु, विभिन्न युवा क्लबका अध्यक्ष तथा कार्यकर्ताहरुले संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्न साउन १९ गते मंगलबार बृहत प्रदर्शन गर्ने तयारी गरेका छन् । जनकपुरको राम युवा कमिटिमा मठमन्दिरका महन्थ तथा क्लबका प्रतिनिधिहरुले पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनबारे जानकारी दिएका छन् । 
     
    जनकपुरको जानकी मन्दिरबाट प्रदर्शन सुरु भई नगरको विभिन्न भागको परिक्रमा गरी जागरण सभामा परिणत हुने बताइएको छ । कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास, अग्निकुण्डका महन्थ नवल किशोर दास, विभिन्न युवा क्लबका अध्यक्षहरुको उपस्थिति थियो । वृहत प्रदर्शनको संयोजकत्वको जिम्मेबारी मटिहानी मन्दिरका महन्थ जगन्नाथ दासलाई दिइएको छ ।
     

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाललाई हिन्दु राष्ट्र बनाउन जनकपुरमा प्रदर्शन हुने Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top