728x90 AdSpace

  • ताजा ताजा

    घुससहित सुपरभाइजर पक्राउ


    बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका सुपरभाइजर बिनोद पन्डितलाई सेवाग्राहीबाट घुस लिँदालिँदै नियन्त्ररणमा लिएको छ ।
     
    विद्युतको थ्री फेज लाइन जडान गरिदिने आश्वासन दिई सेवाग्राहीलाई शनिबार कार्यालयमा बोलाएर २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा केन्द्रका सुपरभाइजर पन्डितलाई अख्तियारको टोलीले कार्यालय परिसरमै रंगेहात फेला पारेको हो ।
     
    बिगत तीन महिनादेखि विद्युतको थ्री फेज लाइन जडान गर्नका लागि प्रयास गरिरहेका सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुँवरले जानकारी दिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: घुससहित सुपरभाइजर पक्राउ Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top