728x90 AdSpace

  • ताजा ताजा

    अस्पतालमा सर्पदंशको विरामी बढ्दै, औषधी अभाव

    पुरन साह, जनकपुरधाम । गर्मीयाममा मधेशको मुख्य समस्यामध्येको एक सर्पदंश पनि हो । तर, पाँच जिल्लाका विरामी आउने जनकपुर अञ्चल अस्पतालमा सर्पदंशको ईलाजका लागि आवश्यक एन्टी भेनम भाईल सकिएको छ ।
     
    गत वर्षको तुलनामा यस वर्ष सर्पदंशको घटनामा वृद्धि भएको र औषधी विभागवाट पर्याप्त मात्रामा भाईल नआएकाले एन्टी भेनम भाईल सकिएको जनकपुुर अञ्चल अस्पतालले जनाएको छ । 
     
    जनकपुर अञ्चल अस्पतालमा दैनिक पाँच देखि १० जना सर्पदंशको विरामी आउने गरेका छन् । बैसाख महिनाको सुरुदेखि साउन ८ गतेसम्म अस्पतालमा एक सय ६७ जना सर्पदंशका विरामी भर्ना भएको अस्पतालको रेर्कडमा उल्लेख छ । जसमध्ये २३ जनालाई एन्टी भेनम भाईल चलाइएको थियो । भाइल चलाइएका मध्ये तीन जनाको मृत्यु भएको अस्पतालले जनायो ।
     
    बैसाखमा ३६ जना विरामी मात्र भर्ना भएको र जेष्ठ तथा असारमा  अपेक्षा भन्दा बढी एक सय १० जना विरामी पुगेको बताइएको छ । साउन पहिलो सप्ताह सर्पदंशका २२ जना विरामी भर्ना भएको अञ्चल अस्पताल जनकपुरका स्वास्थ्य सहायक उमेश यादबले बताए । सर्पले टोकेपछि धामी झाँक्री वा अन्य ठाँउमा जानुभन्दा जती सक्दो चाँडो अस्पताल आउनु सुरक्षित हुने उनको भनाइ थियो । 
     
    अस्पतालमा नियमित चिकित्सक नरहनु, कुन सर्पले टोकेको हो त्यो किटान हुन नसक्नुले पनि जोखिम हुने गरेको यादवले बताए । केहि दिन पहिले मात्र सर्पदंशको विरामीका रुपमा अस्पतालमा भर्ना भएका एक चार वर्षीय बालकको अस्पतालमा चिकित्सकको अभाव र समयमा एन्टी भेनम भाईल प्रयोग नभएकै कारण मृत्यु भएको थियो । समयमै उपचार हुन नसक्नु तथा चिकित्सकको अभावमा विरामीको अकालमै मृत्यु हुने घटनाको जिम्मेवारी अस्पताल तथा सम्बन्धित निकायले लिनु पर्ने विरामीका अभिभावकको भनाइ छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अस्पतालमा सर्पदंशको विरामी बढ्दै, औषधी अभाव Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top