728x90 AdSpace

  • ताजा ताजा

    लागत नहुँदा ऐतिहासिक सम्पदा चोरिने डर

    १७ साउन, काठमाडौं । भूकम्पमा क्षतिग्रस्त मठमन्दिर र स्मारकका बहुमूल्य सामग्रीको लगत तीन महिना बितिसक्दा पनि संकलन गरिएको छैन् ।
    शक्तिशाली भूकम्पमा क्षतिग्रस्त परातात्विक र सांस्कृतिक सामग्री भण्डारण गरिए पनि लगत नउतारिँदा चोरिने डर बढेको छ ।
    वैशाख १२ को भूकम्पपछि काठमाडौं उपत्यकाका मठमन्दिरमा भएको क्षति विवरण संकलन भए पनि त्यहाँ रहेका मूर्ति, घन्ट, टुँडाल र झ् याललगायत महत्वपूर्ण पुरातात्विक सामग्रीको लगत सरकारसँग नरहेको  छ ।
    भूकम्पबाट भत्किएका र प्रभावित सम्पदा निकै पुराना रहेका र त्यहाँका सामग्रीमा अन्तर्राष्ट्रिय तस्करसमेत आकृष्ट हुने भएकाले चोरिने सम्भावना बढेको पुरातत्वविदले बताएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: लागत नहुँदा ऐतिहासिक सम्पदा चोरिने डर Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top