728x90 AdSpace

  • ताजा ताजा

    पानी माग्दै मलंगवामा प्रदर्शन

    २१ साउन, सर्लाही । पानी नपरेपछि सर्लाहीको मलंगवामा पानीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
    मलंगवा दुईका स्थानीय किसानहरुले बुधबार राति हिन्दु संस्कारअनुसार शिव, पावती तथा अन्य देवीदेवताको आकृति बनाइ पानी माग्दै मलंगवा-१ देखि १० नम्बर वडासम्म झाँकी प्रर्दशन गरेका थियो ।

    नगरवासीहरु आ-आफ्नो घरबाट झाँकीमा सहभागी व्यक्तिहरु माथि पानी फ्याकेका थिए । पानी माग्दै निकालिएको झाँकी प्रर्दशनमा भजन किर्तन, कलशसहित ठूलो संख्यामा स्थानीय किसानहरु सहभागी थिए । वर्षा नभएपछि यस वर्ष मलंगवालगायत जिल्लाका अन्य स्थानहरुमा रोपाई हुन सकेको छैन् ।
    रोपाई नभएपछि किसानहरु चिन्तित भएका छन ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पानी माग्दै मलंगवामा प्रदर्शन Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top