728x90 AdSpace

  • ताजा ताजा

    प्रादेशिक संरचना सम्बन्धमां सहमतिकाे विराेधमा अाज जनकपुर बन्द

    जनकपुर २०७२ साउन २५ गते
    संयुक्त मधेसी माेर्चाव्दारा प्रमुख चार दलबिच प्रादेशिक संरचना सम्बन्धमां सहमतिकाे विराेधमा अाज साेमवार जनकपुर बन्द गरिएकाे छ । बन्दकाे कारण जनकपुरबाट संचालन हुने छाेटाे तथा लामाे दुरीकाे सबारी साधनहरु ठप्प रह्नुकाे साथै बजार उद्धाेग स्कूलहरु समेत बन्द रहेकाे छ ।


    त्यसैगरी यस बीचमा मधेस अधिकार संघर्ष समिति प्रमुख चार दलबिच प्रादेशिक संरचना सम्बन्धमां सहमति भएपछि मधेसवादी सभासदहरुलाई संविधानसभामां रहनुको औचित्य समाप्त भएको ठहर गर्दै सदन छोडि सडकमा आउन आह्वान गरेको छ ।
    समितिको आईतवार साँझ बसेको बैठकमा मधेसवादी दलका सभासदहरुलाई संविधानसभामा रहनुको औचित्य समाप्त भएको भन्दै संविधान सभा बाट राजिनामा दिन सुझाब दिएको छ ।
    समिति सभासदहरु लाई संविधानसभा छोड्न दबाब स्वरुप जनकपुरमां सोमबार कोण सभा गरेको छ । समितिको अनुसार सोमबार जकपुरको विभिन्न चौक चौकमा कोण सभा गरिएको छ । रामानन्द चौक , पिडारी चौक , भानु चौक , विद्यापति चौक , जिरोमाईल हँुदै ,शिव चौकमा कोण सभाको समापन भएको छ ।
    कोण सभामा बोल्दै संयोजक सरोज मिश्र,ईद मोहम्मद साफि (जानी),सुशिल कर्ण,राजिव रंजन झा , लव झा लगायतका वक्ताहरुले सभासदहरुलाई संसदमा रहनुको औचित्य नरहेकोले तुरुन्त राजिनामा दिई सडकमा आउन आह्वान गरेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रादेशिक संरचना सम्बन्धमां सहमतिकाे विराेधमा अाज जनकपुर बन्द Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top