728x90 AdSpace

  • ताजा ताजा

    कलमा पानी खान गएका मजदुरको करेन्ट लागेर ज्यान गयो

    शैलेन्द्र क्रान्ति 
    जनकपुरधाम , साउन २७ गते ।
    जनकपुरमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका ७ जानकीनगरका विशेश्वर प्रसाद दासको घरमा रंगरोगन गर्ने कार्य गरिरहेका मजदुर छिमेक देश भारत मधुवनी लहेरियाका अन्दाजी २४ वर्षका उमेश साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
    दासको निर्माणाधिन घरमा मंगलबार दिउँसो रंगरोगन गरिरहेका मजदुर साह पानी खान कल चलाउन गएपछि कलमा जडानभएको मोटरमा करेन्ट लागेर घट्ना स्थलमै मृत्यु भएको स्थानीयले जनाएको छ । करेन्ट लागेर कलमै लडेका मृतक साहलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक साहको शवलाई पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: कलमा पानी खान गएका मजदुरको करेन्ट लागेर ज्यान गयो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top