728x90 AdSpace

  • ताजा ताजा

    मोदीको ट्वीटबाट थाहा भयो नेपालका प्रधानमन्त्रीको जन्मदिन !

    २७ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको जन्मदिन कहिले हो धेरै नेपालीहरुलाई पत्तो पाएनन् ।

    तर, नेपालका प्रधानमन्त्री कोइरालाको जन्मदिनबारे भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने राम्रैसँग याद रहेछ ।
    मोदीले ट्वीट गरेका छन्, ‘नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई जन्मदिनको शुभकामना । उनी राजनीतिमा अनुभवी र दिग्गज नेता हुन् । म उनको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दछु ।’मोदीले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई ट्वीटरमार्फत् जन्मदिनको शुभकामना दिएपछि उनको जन्मदिन आज रहेछ भन्ने थाहा भयो ।
    मोदीले यो ट्वीट गरेपछि उनका फलोअर्सले सुशील कोइरालालाई जन्मदिनको शुभकामना दिएका छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मोदीको ट्वीटबाट थाहा भयो नेपालका प्रधानमन्त्रीको जन्मदिन ! Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top