728x90 AdSpace

  • ताजा ताजा

    थरुहट राज्य माग्दै अनिश्चितकालीन बर्दिया बन्द

    २६ साउन, गुलरिया । ६ प्रदेशको प्रस्तावित सीमाङ्कनप्रति आपत्ति प्रकट गर्दै थारु समुदायले मंगलबारदेखि अनिश्चितकालिन बर्दिया बन्द आह्वान गरेका छन् । बन्दले बर्दियाको जनजीवन प्रभावित भएको छ ।
    बन्दका कारण जिल्ला सरमुकाम गुलरियाबाट छुट्ने लामो तथा छोटो दुरिका सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् भने बजार, शिक्षण संस्थाहरु पनि ठप्प छन् ।

    थारु कल्याण कारिणी सभा बर्दिया लगायत थारु सम्बद्ध दल र संघसंस्थाहरुले सदरमुकाम गुलरियामा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरदेखि चितवनसम्मको भुमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग राखे ।
    पर्सादेखि धनुषासम्म मध्य तराई/सिम्रौनगढ र सिरहादेखि झापासम्म पूर्वी थरुहट कोचिला प्रदेश बनाउनु पर्ने बन्दकर्ताको माग छ । यस्तै पश्चिम कैलाली र कञ्चनपुर अखण्ड सुदूरपश्चिम र पूर्वका मोरङ, सुनसरी र झापालाई अन्यत्र नगाभ्न माग गरिएको छ । यस्तै पर्सादेखि धनुषासम्म मध्य तराई/सिम्रौनगढ र सिराहादेखि झापासम्म पूर्वी थरुहट कोचिला प्रदेश बन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
    माग सम्वोधन नभएसम्म बन्द लगायतका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिइएको छ ।
    थारु कल्याणकारिणी सभा, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बर्दिया, बरघर महासंघ बर्दिया, नगर बरघर गुलरिया, थरुहट तराई पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र थारु विद्यार्थी परिवार बर्दियाका प्रतिनिधिहरुको विज्ञप्तिमा हस्ताक्षर छ ।
    आन्दोलनका कार्यक्रम अनुसार २६ गतेदेखि अनिश्चितकालीन बर्दिया बन्द, २७ गते बर्दियाका ४ वटै निर्वाचन क्षेत्रमा जनपरिचालन तथा कोणसभा र २८ गते गुलरियामा जनसभा गरिने उल्लेख छ ।

    – पुष्कर काफ्लेबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: थरुहट राज्य माग्दै अनिश्चितकालीन बर्दिया बन्द Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top