728x90 AdSpace

  • ताजा ताजा

    जानकी मेडिकल कलेजमा पठनपाठन सुरु

    जनकपुरधाम । जनकपुरस्थित जानकी मेडिकल कलेजमा आइतबारबाट पठनपाठन सुरू भएको छ । व्यवस्थापकीय कमजोरीका कारण विगत लामो समयदेखि बन्द रहेको मेडिकल कलेज नयाँ समूहले खरिद गरी स्वामित्व लिएपछि पढाइ सुरू भएको हो ।  
     
    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एवं नेपाल मेडिकल काउन्सीलद्वारा मान्यता प्राप्त करिब ७ सय शैया क्षमताको जानकी मेडिकल कलेज धनबहादुर शेरचन नेतृत्वको समूहले खरिद गरेको छ । पुराना सञ्चालकहरुको व्यवस्थापकीय कमजोरीका कारण लगभग एक वर्षदेखि पठनपाठन ठप्प भएपछि कलेजमा अध्ययनरत विद्याथीहरुको भविष्य अन्यौलमा परेको थियो । 
     
    कलेजमा हाल तीन सय १७ विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् । अधिकांश विद्यार्थी कलेजमा फर्केर पढाइ सुरु गरिसकेको मेडिकल कलेजकका मुख्य प्रशासकीय अधिकृत चन्द्रबहादुर राईले जानकारी दिएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जानकी मेडिकल कलेजमा पठनपाठन सुरु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top