728x90 AdSpace

  • ताजा ताजा

    डोमलाई इनार छुन नदिने जब पुरै गाउँ उल्टियो



    नेपाली सिने जगतका महानायक भनेर चिनिने राजेश हमालको साथ लागेर जब २१ वर्षका दीपक मलिक (डोम) बाल्टी बोकेर खानेपानी भर्न इनार तिर लागे गाउँभरीका पुरै महिलाहरुले मानव ढालको रूपमा इनारलाई घेरा हालेर वरीपरीबाट घेरे। बलिया पाखुरा भएका पुरूषहरू ती महिलाहरूका अगाडि आए र गाउँका अलि ठालु भनिनेहरु विवाद गर्न अग्रमोर्चामा उभिए।
    राजेश हमाल र दिपक मलिकले आवाक् भएर त्यो भीडलाई हेरीरहे। दीपक मलिकको लागि त्यो दृष्य नौलो थिएन। तर, हमालले भने जीवनमै पहिलो पटक यस्तो दृष्य देख्दै थिए। सिनेमामा यस्ता समाज विरोधी दर्जनौं खलनायकहरुलाई राम धुलाई गरेर पीडितलाई न्याय दिलाउने क्रान्तिकारी योद्धाको अभिनय गर्ने हमाल भावहिन मुद्रामा त्यो भीडलाई नियालीरहेका थिए।

    पाठकहरु, यो कुनै सिनेमाको काल्पनिक कथाको सुटिङको वर्णन होइन। सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा रहेका दुई घर डोमलाई कथित उच्च जातका मानिसहरुले इनार छुन नदिएको थाहा पाएपछि साउन १६ गते शनिबार बिहान हमाल त्यहाँ पुगेका थिए। डोमलाई इनार छुनबाट रोक्न भेला भएकाहरुले भन्दै थिए,‘हामी डोमलाई कुनै पनि हालतमा इनार छुन दिदैनौं।’ ‘यिनीहरु फोहोरी र तल्ला जातका हुन्। इनार छोए भने हाम्रो कुल देउता बिग्रन्छ।’ ‘सरकारले उनीहरुको लागि छुट्टै इनार बनाईदेओस्। हाम्रो व्यक्तिगत सम्पत्ति छुन दिने कि नदिने भन्ने हाम्रो अधिकार हो।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: डोमलाई इनार छुन नदिने जब पुरै गाउँ उल्टियो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top