728x90 AdSpace

  • ताजा ताजा

    नयाँ कार्य समिति चयन गर्दै एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको तेश्रो साधारण सभा सम्पन्न


    पर्यटन व्यवसायमा संलग्न विभिन्न होटल व्यवसायीहरुको छाता संगठनको रुपमा

    रहेको एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालले ज्ञानु गजमेरको

    अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतिले चयन गर्दै तेश्रो साधारण सभा

    सम्पन्न गरेको छ ।

    काठमाडौंमा शनिबार सम्पन्न उक्त साधारण सभाले आगामी कार्यकालका लागि

    उक्त कार्य समिति चयन गरेको हो । काठमाडौं क्षेत्र नं. २ का संविधानसभा सदस्य

    माननीय श्री दिपक प्रसाद कुईंकेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण

    सभाले ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

    साधारणसभामा विशिष्ट अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै पशुपति क्षेत्र विकास

    कोषका सदस्य सचिव डा. गोबिन्द टण्डनले संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै

    नयाँ कार्यसमितिको सफल कार्यकालको कामना व्यक्त गर्नु भयो । साथै उहाँले

    पशुपति क्षेत्रमा आउने पाहुनाहरुको हितमा अग्रसर होटल व्यवसायीहरुलाई सहयोग गर्न

    कोष सदैव तत्पर रहेको समेत बताउनु भयो ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि माननीय सभासद दिपक प्रसाद

    कुईंकेलले पर्यटन क्षेत्रमा संलग्न होटल व्यवसायीहरुका समस्या सामुहिक रुपमा

    आउनु पर्ने विचार व्यक्त गर्दै तपाईंहरुको सहयोगका लागि सदैव तत्पर रहेको

    बताउनु भयो ।

    उक्त कार्यक्रममा महानगरीय प्रहरी बृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरिक्षक

    श्री राकेश सिंहलाई संघले सम्मान पत्र समेत प्रदान गरेको थियो ।

    कार्यक्रममा काठमाडौं होटल व्यवसायी संघका शैलेश कार्की, नेपाली होटल

    व्यवसायी संघका उपाध्यक्ष दिपेन सुवेदी, मधेशी होटल व्यवसायी संघका अध्यक्ष

    रामसागर मण्डलले अतिथिका रुपमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    संघका निवर्तमान अध्यक्ष ज्ञानु गजमेरको सभापतित्व र महासचिव ऋषि कुमार

    चौलागाँयीको सञ्चालनमा सम्पन्न उक्त साधारण सभालाई तृतीय अध्यक्ष मोहन

    थेवेले स्वागत गर्नु भएको थियो ।

    समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

    नयाँ कार्य समितिको नामावलीः

    अध्यक्ष ज्ञानु गजमेर

    प्रथम उपाध्यक्ष चन्द्र कुमार तामाड.

    द्वितीय उपाध्यक्षः मोहन थेवे

    तृतीय उपाध्यक्षः अनिल अग्रवाल

    महासचिवः ऋषि कुमार चौलागाँयी

    सचिवः खेमनाथ उप्रेति

    कोषाध्यक्षः तीलक चापागाइँ

    सदस्यः किरण कार्की

    सदस्यः सलमान लिम्बु

    सदस्यः गीता सापकोटा

    सदस्यः शिला गुरुंग

    सदस्यः माधव आचार्य

    सदस्यः सुरेश बराल

    सल्लाहकार समितिः

    प्रमुख सल्लाहकारः इन्द्र कुमार राई

    सल्लाहकारः दामोदर नेपाल

    डोर कुमार श्रेष्ठ

    भीमलाल गिरी

    प्रज्वल श्रेष्ठ

    सुजन कुमार खड्का

    गोपाल कोइराला

    महेश गोयल

    अनिश अग्रवाल

    रबिन राना

    सुरेश अर्याल
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नयाँ कार्य समिति चयन गर्दै एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको तेश्रो साधारण सभा सम्पन्न Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top