728x90 AdSpace

  • ताजा ताजा

    धनुषाका युवा वैज्ञानिक झालाई युवा प्रतिभा सम्मान

    काठमाडौं । यस वर्षको युवा प्रतिभा सम्मानबाट धनुषाका राजिव झा सम्मानित हुने भएका छन् । ३६ वर्षीय झा युवा वैज्ञानिक हुन् ।
     
    युवा तथा खेलकुद मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७१/७२ को युवा प्रतिभा सम्मानका लागि झासहित अन्य सातजना व्यक्ति र दुईवटा संस्थाको नाम सार्बजनिक गरेको छ ।
     
    सम्मानित हुने संस्थाहरुमा काठमाडौंको बबरमहलस्थित नेपाल युवा संस्था सञ्जाल (आयोन) र नेपाल अपाङ्ग महिला संघ कालोपुल रहेका छन् ।
     
    यसैगरी व्यक्तिहरुमा धनुषाका युवा वैज्ञानिक झासहित राजन खतिवडा डुमरवाना–४ बारा, सुस्मिता मास्के काठमाडौं महानगरपालिका–२३, भवेश खनाल काठमाडौं महानगरपालिका–११, प्रदीप परियार भिमेश्वर–१ सिन्धुली, डा. विन्दु शर्मा उरहरी–२ दाङ र गोमावती पुन दाङ रहेका छन् ।
     
    सम्मान आउँदो २७ गते औपचारिक कार्यक्रम गरी प्रदान गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: धनुषाका युवा वैज्ञानिक झालाई युवा प्रतिभा सम्मान Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top