728x90 AdSpace

  • ताजा ताजा

    हतियार पन्छाएर मोवाइल खेल्दा...

    ‘हामी आफ्नो हाकिमलाई त टेरदैनौ, तँ हाम्रो को होस् र ?

    आरएन महतो बर्दिवास, साउन २१ गते ।
     विस्तारित सेवा योजनाअन्तर्गत महोत्तरीको बर्दिवासमा मालपोत कार्यालयको कामकाज विशेष सुरक्षाबीच केही दिनदेखि सुरु भएको छ । सदरमुकाम जलेश्वरमा रहेको मूल मालपोत कार्यालयबाट सेवा विस्तार गर्ने योजनाअन्तर्गत विवादबीच बर्दिवासमा त्यस वरिपरिका क्षेत्रलाई समेटी संचालनमा आएको मालपोत कार्यालयको सुरक्षामा हवल्दारको नेतृत्वमा दुई जवानहरुसमेत तीन सुरक्षाकर्मी इप्रका बर्दिवासबाट खटाइएको छ । तर, सुरक्षार्थ खटिएका प्रहरी जवानलाई मालपोत कार्यालयको सुरक्षासंग खासै मतलब नभएको तिनीहरुको गतिविधिले देखाएको छ ।

    सुरक्षार्थ खटिएका प्रहरीहरु डियुटीमै हतियार एकातिर पन्छाएर मोवाइलमा तास र फेसबुकमा व्यस्त भएका दृश्य सहजै देख्न सकिने मालपोतका सेवाग्राहीहरुको गुनासो यो पंक्तिकार मालपोत कार्यालय पुग्दा पुष्टि भएको छ । जलेश्वर र बर्दिवासका जनताबीच बर्दिवासमा मालपोत कार्यालय सञ्चालन भइरहेको सन्दर्भमा मनमुटाव भइरहेको अवस्थामा जुनै बेला जेसुकै हुन सक्ने सम्भावना देखेरै त्यहाँ सुरक्षा व्यवस्था गरिएकोमा कार्यालय सुरक्षाको कर्तव्य निर्वाह गर्न छोडी डिउटी अवस्थामै हतियार पन्छाएर त्यहाँ तैनाथ सुरक्षाकर्मीहरु मोबाइल खेलाई बस्नु सुरक्षाकर्मीहरुको आफ्नो सेवाप्रति चरम लापरवाही गरेको ठहर्छ भनी स्थानीयहरुले सुरक्षाकर्मीहरुको कर्तव्यप्रति प्रश्न उठाएका छन् । बर्दिवास मालपोत कार्यालयका कर्मचारीहरुको असल व्यवहार र कामप्रतिको निष्ठाका कारण सेवाग्राहीहरु खुसी भइरहेको अवस्थामा त्यहाँ तैनाथ सुरक्षाकर्मीहरुको लापरवाही अनुचित भई दण्डभागी भएकोले सम्बन्धित निकायले उनीहरुलाई सचेत गराउन जरुरी भएको त्यहाँका बुद्धिजीविहरु बताउँछन् । बिहीबार विहान पत्रकार राजकर ण महतो मालपोत कार्यालय पुग्दा त्यहाँ खटिएका सुरक्षाकर्मी प्रहरीहरु हतियार एकातिर राखेर कसैले मोवाइलमा फेसबुक त कसैले तास खेल्दै गरेको पाएँ । मोबाइल खेल्दै गरेको दृश्य क्यामरामा कैद गर्दा सुरक्षाकर्मीहरु छेउ राखिएको हतियार उठाउन हतारिएका थिए । त्यसपछि तिनीहरु त को होस् फोटो खिच्ने ? भन्दा मैले बडो विनित भएर म पत्रकार हुँ, डिउटीमा यसरी हतियार पन्छाएर मोबाइल खेल्नु हुँदैन भनेर सम्झाउन खोज्दा प्रहरी जवान चन्द्रीका यादवले 

    ‘हामी आफ्नो हाकिमलाई त टेरदैनौ, तँ हाम्रो को होस् र ? काम नपाएर पत्रकारको धाक लगाउने’ भनेर उनीहरुले तथानाम गाली गरेका थिए । उनीहरुले गाली गर्दाकै बीचमा पत्रकार महतोले तपाईले एका तिर हतियार राखेर अर्को तिर फर्केर मोवाइल खेल्नमा व्यस्त हुँदा कसैले हतियार लिएर भागेमा के हुन्छ ? यो कुरा कत्तिको बुझनुभएको छ भनेको थिएँ । यस सन्दर्भमा मालपोत कार्यालय परिसरबाटै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तथा हालका इन्चार्ज चन्देश्वर यादवलाई जानकारी गराउँदा उनले डिउटी हेलचक्रयाईं गर्नेहरुलाई कारवाही गर्छौ भनेका छन् । उक्त घटनाबारे स्थानीय संचारकर्मी निकेश खनाललाई जानकारी गराउँदा उनले भने, ‘एक त डिउटी समयमा मोबाइल खेलेर बस्ने, त्यसो गर्नु हुँदैन भनी सम्झाउँदा मुख छोड्ने त्यस्ता सुरक्षाकर्मीहरुमाथि कारवाही हुनुपर्छ
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हतियार पन्छाएर मोवाइल खेल्दा... Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top