728x90 AdSpace

  • ताजा ताजा

    अमरेशको खुल्यो बास्तविकता, ‘काँग्रेसकै प्रभाव कायम राख्न विरोध गरेको हुँ’

    काठमाडौं । नेपाली काँग्रेसका सभासद् अमरेश सिंहलाई पार्टीले सोधेको स्पष्टीकरणको सात बुँदे जावफ दिदै सिंहले आफु पार्टीकै प्रभाव कायम राख्न मधेशमा काम गरिरहेको उल्लेख छन् । उनले आफनो विरोधबाट मधेशी जनता नेपाली काँग्रेसप्रति सकारात्मक रहिरहने तर्क पनि प्रस्तुत गरेका छन् ।
     
    शुक्रबार पार्टीलाई बुझाएको स्पष्टीकरणको भूमिकामा सिंहले लेखेका छन्, ‘म एक काँग्रेस कार्यकता भएको कारणले मधेशमा काँग्रेसको प्रभाव अटल राख्ने प्रयोजन सम्मत मेरो भूमिका हुनुपर्ने अनिवार्यता छ । मधेशी जनताको भावना र चाहना अनुरुपको भूमिका काँग्रेसका हामी जस्ता जिम्मेवार कार्यकर्ताहरुले निर्वाह नगर्दा अरु कसैले मधेशमा अधिपत्य जमाउन सक्छ ।’ 
     
    मधेशमा काँग्रेसलाई शक्तिशाली बनाउन आफु सक्रिय रहेको र आगामी दिनमा पनि रहने प्रतिवद्धता व्यक्त गर्दै सिंहले स्पष्टीकरणको अन्तिम बुँदामा लेखेका छन्, ‘म के कुरा स्मरण गराउन चाहन्छु भने मधेसको भूमिका लोकतन्त्रको पक्षमा सदैव सकारात्मक रहँदै आएको छ । मधेसका जनताको समर्थन विना कांग्रेसले चुनाव जितेको छैन । काग्रेसको राजनीतिक भविष्य निर्धारणमा मधेसको भूमिका सदैव अग्रणी स्थानमा रहेको छ । नेपाली कांग्रेसको उर्वर भूमि नै मधेस हो ।’
     
    सभासद् र कर्मचारी अनुपस्थित हुँदा सुझाव संकलनमा गएन सिंह
     
    संविधानको मस्यौदामाथि सुझाव संकलन भईरहँदा सभासद् अमरेश सिंह मधेशका जिल्लाहरुमा सिमांकन तथा नामाकंनसहितको संविधान जारी नभए मधेश अलग देश बन्न सक्ने चेतावनी दिदै थिए । मधेशमा नयाँ शक्ति निर्माणका लागि मधेशी एनजीओकर्मीहरुले सिंहलाई मधेश यात्रा गराउँदै थिए । 
     
    जनकपुरधामबाट लखेटिनुभन्दा अघिल्लो दिन सिंहले आफू मस्यौदाको पुर्ण विरोधमा रहेको र सुझाव संकलन बहिस्कार गरेको बताएका थिए ।
     
    तर शुक्रबार पार्टीलाई बुझाएको स्पष्टीकरणमा आफु आफनो क्षेत्र सर्लाही पुगेको र त्यहाँ कर्मचारी तथा सभासद्हरु अनुपस्थित रहेकोले फर्केको उल्लेख गरेका छन् । स्पष्टीकरणको बुँदा नम्बर दुईमा लेखेका छन्, ‘साउन ४ र ५ गते सुझाव संकलनका लागि गरिएको कार्यक्रमको बेला म आफनो निर्वाचन क्षेत्रमा दशौं हजार जनताको बीचमा निर्धारित गरिएको जनता उच्च मा.वि. मा गरहीया सल्लाह सुझावका लागि उपस्थित भएकै थिए तर जिम्मा लिएका माननीय सभासद् तथा संविधान सभा सचिवालयका कर्मचारीहरु अनुपस्थित रहेका थिए ।’

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: अमरेशको खुल्यो बास्तविकता, ‘काँग्रेसकै प्रभाव कायम राख्न विरोध गरेको हुँ’ Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top