728x90 AdSpace

  • ताजा ताजा

    नवनियुक्त अध्यक्ष चौधरीले कामकाज सम्हाले

    जनकपुरधाम, १८ साउन ।
    धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल किशोर चौधरी लगायत नया“ पदाधिकारीहरुले आइतबारदेखि पदभार सम्हालेका छन् ।
    जिल्ला खेलकुद विकास समिति धनुषाले आइतबार एक कार्यक्रमको आयोजना गरी नया“ अध्यक्ष चौधरी सहित कार्य समितिको स्वागत गरेको थियो । स्वागत कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष चौधरीले खेलकुदको विकासमा सबैको सहयोगको आवश्यक्ता औंल्याए ।
    सबै जना हातेमालो गरेर खेलकुदको विकास गर्दै अघि बढ्न अध्यक्ष चौधरीले आग्रह गरे ।

    एकआपसको तित्तता बिर्सेर खेलकुदको विकासमा जुट्न सबैमा आग्रह गरे । विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने तर्क गर्दै अध्यक्ष चौधरीले आप्mनो स्थानबाट विकास गर्न तत्पर रह्ने प्रतिबद्धता व्यक्त गरे ।
    आपूmले संख्यात्मक भन्दा गुणात्मक खेलाडी उत्पादनलाई प्राथमिकता दिने अध्यक्ष चौधरीले जनाए ।
    युवा तथा खेलकुद मन्त्रालयले धनुषा जिल्ला खेलकुद विकास समिति अध्यक्षमा चौधरीलाई नियुक्त गरेको छ ।
    चौधरी एमालेको सिफारिसमा अध्यक्ष नियुक्त भएका छन् ।

    करातेका स्वयम्सेवक प्रशिक्षक समेत रहेका छन् । खेल क्षेत्रमा संलग्न व्यक्ती अध्यक्ष भएको यो पहिलो पटक हो ।
    उनको कार्यकाल चार वर्षको हुने छ । उनी मीन बहादुर जर्घामगरको स्थान लिएका छन् । सो अवसरमा वरिष्ठ प्रशिक्षक लगायत जिल्ला खेलकुद विकास समितिका प्रमुख विनोद सिंह लगायतले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

    समितिका नया“ पदाधिकारी कोषाध्यक्ष सत्रुध्न मुखिया, सदस्यहरु रामदयाल दास, फुलकुमारी योन्जन र वेद कुमारी मण्डललाई पनि पुष्पमाला लगाई स्वागत गरिएको थियो ।
    जिल्ला खेलकुद विकास समितिका प्रमुख विनोद सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ प्रशिक्षक एवम् जिल्ला खेलकुद विकास समितिका निर्देशक रामचन्द्र ठाकुर, अखिलेश कर्ण, क्रिकेट प्रशिक्षक नविन सिंह, प्रमेन्द्र कुमार बच्छार, भरत यादव, पवन लाल कर्ण, रविन्द्र सिंह, पालछाङ योन्जन, सुवर्जी मगर, अजित झा लगायतको उपस्थिति थियो ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नवनियुक्त अध्यक्ष चौधरीले कामकाज सम्हाले Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top