728x90 AdSpace

  • ताजा ताजा

    किन झुक्यो नजर तिम्रो ?

    पैलो भेट्मा देखिए झैं , 
    मुस्कान आज कहाँ लुक्यो तिम्रो ?
    आज आँखा जुधाउँदा नि 
    किन झुक्यो नजर तिम्रो ?
    मन भित्र उर्लि भेल, 
    उथल पुथल भए झैं
    मलिन मुहार देखिइन्छ, 
    आज किन तिम्रो ?
    आगो बिना जलि मुटु, किन हो नि 
    पीडा लिइ बलि रह्यो मुटु तिम्रो ?
    अन्धकार मा रुमल्लिइ, आज कता
    कहाँ बिलायो खुशी तिम्रो ?
    मन का कुरा खोल्ने गर्थ्यौ, 
    किन पराइ बनाइ 
    आज को बस्यो नि दिल मा तिम्रो ?
    – रीता अधिकारी
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: किन झुक्यो नजर तिम्रो ? Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top