728x90 AdSpace

  • ताजा ताजा

    दुई दर्जन घरपरिवार पहिरोको त्रासमा

    २२ साउन, सिन्धुली । सिन्धुलीको सिर्थौली गाविस-९ घारीथुन्सिमा दुई दर्जन घरपरिवार पहिरोको जोखिममा परेका छन् ।
    चार वर्ष अघि गएको उक्त पहिरो हालसम्म नियन्त्रणका लागि कुनै पनि प्रभावकारी काम नहुदा यो वर्ष पनि वर्षादको मौसम सुरुसँगै पहिरो बग्न सुरु गरेको पीडित परिवारले बताएका छन् । उनिहरुका अनुसार ठूलो पानी पर्‍योकी रातभर जाग्राम बस्नु पर्ने अवस्था छ ।
    पहिरो वर्षेनी बग्दै घर नजिकै आइसकेको पीडित खजिन्द्र पाख्रिनको भनाई छ । पाख्रिनले भने-‘ठूलो पानी पर्‍यो कि भगवानको नाम जपेर बस्नु पर्दछ । जाने अन्त कतै ठाँउ नभएकाले पहिरोको त्रासमा जीवन गुजार्नु परेको छ ।’
    चार वर्षअघि उक्त पहिरोले छ जनाको ज्यान लिएको र हालसम्म पनि पहिरो नियन्त्रण गर्न कुनै निकायले चासो नदेखाएको उनले बताए ।
    त्यस्तै पहिरो पीडित अर्का स्थानीय बासिन्दा चुडामणि सुनुवार पहिरो नियन्त्रण गर्न सरकारीस्तरबाट प्रभावकारी काम नभएपछि जोखिममा परेका गाउँलेहरु आफैंले गरेको पहिरो नियन्त्रणको काम समेत अहिले उल्टै पहिरोको चपेटामा परेको बताए ।
    ‘हिउँद महिनामा एक महिना श्रमदान गरेर पहिरोको छेउमा बाँसको बेरा लगाइ भकारी समेत भरेका थियौं । तर त्यसले अहिले कुनै काम दिएको छैन । वषर्ा सुरुसँगै बग्ने पहिरोले भकारी नाघेर झरिसकेको छ’ सुनुवाले भने ।
    स्थानीय बासिन्दाका अनुसार पहिरो रोकथामका लागि गाविसले थोरै बजेट प्रयेक साल छुट्याउदै आएको छ । तर त्यो बजेट पर्याप्त नभएकाले काम बालुवा पानी हालेसरह हुदै आएको छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: दुई दर्जन घरपरिवार पहिरोको त्रासमा Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top