728x90 AdSpace

  • ताजा ताजा

    सरकारी कार्यालयले कर तिरेनन्

    २१ साउन, मोरङ । विराटनगरका चार सरकारी कार्यालयले घरजग्गा कर तिरेका छैनन् ।
    विराटनगर उपमहानगरपालिका राजस्व शाखाका अधिकृत नन्दीकेशर भण्डारीका अनुसार नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले २०६० सालदेखि अहिलेसम्म घरजग्गा कर तिरेको छैन । केन्द्रको हालसम्म घरजग्गा करबापत दुई करोड ११ लाख बक्यौता रहेको छ ।
    त्यस्तै विराटनगर–१२ स्थित खानेपानी संस्थानले २०६५ सालदेखि घरजग्गा कर तिरेको छैन । संस्थानले एक करोड ९५ लाख घरजग्गा कर बुझाउनुपर्ने भण्डारीको भनाइ छ ।
    विराटनगर उपमहानगरपालिकाका अनुसार नेसनल ट्रेडिङ विराटनगरले तीन वर्षदेखि घरजग्गा कर तिरेको छैन । ट्रेडिङले रु २५ लाख घरजग्गा कर तिर्न बाँकी छ । त्यस्तै कृषि सामग्री कम्पनीले २२ लाख घर जग्गाकर बुझाएको छैन ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सरकारी कार्यालयले कर तिरेनन् Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top