728x90 AdSpace

  • ताजा ताजा

    खुद्रा व्यापारीले मूल्य हेरफेर गर्न नपाउने, सबै सामानको खुद्रा मुल्य तोकिने

    काठमाण्डु ।  खाद्यान्न, कपडा, विद्युतीय सामग्री र जंक फुडलगायत हरेक आयातीत वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य लागू हुने भएको छ । भन्सार विभाग र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको समन्वयमा एमआरपी अनिवार्य गर्न लागिएको हो ।
    नयाँ व्यवस्थानअनुसार असोज ११ देखि कम्पनीहरुले उपभोग्य वस्तुको स्टिकरमै उत्पादन मिति, उपभोग गर्ने अन्तिम मिति र एमआरपी अर्थात अधिकतम् खद्रा मूल्य अनिवार्य रुपमा खुलाउनु पर्ने छ ।
    भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले असोज ११ देखि उपभोक्तासम्म पुग्ने हरेक वस्तुको लेवलमै खुद्रा मूल्य राख्नुपर्ने गरी तयारी भइरहेको जानकारी दिए । हाल सवारी साधन, पेयपदार्थ र औषधिजन्य वस्तुलगायत ११ वस्तुमा मात्रै एमआरपी लागु छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: खुद्रा व्यापारीले मूल्य हेरफेर गर्न नपाउने, सबै सामानको खुद्रा मुल्य तोकिने Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top