728x90 AdSpace

  • ताजा ताजा

    पहिलोपटक प्रभू बैंकको नाफा एक अर्ब, कति देला बोनस ?

    २४ साउन, काठमाडौं । वितेका तीन वर्ष निरन्तर घाटामा रहेको प्रभू बैंकले पहिलोपटक एक अर्ब नाफा कमाएको छ । संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको १ अर्ब ८२ रुपैयाँ फिर्ता (राइटव्याक) गरेपछि बैंकको नाफा अर्ब नाघेको हो ।

    २०७१ असार मसान्तमा २४ करोड रुपैयाँले घाटामा रहेको बैंक ०७२ असार मसान्तमा १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण आइतबार सार्वजानिक गरेको छ ।
    बैंकको खुद व्याज आम्दानीमा पनि उल्लेख वृद्धि भएको छ । अघिल्लो वर्ष ७२ करोड ९१ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले गत वर्ष १ अर्ब ५४ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ ।
    त्यसैगरी, बैंकले प्रवाह गरेको भाका नाघेको कर्जा असूलीमा उल्लेख्य सुधार भएको छ । २०७१ असार मसान्त्मा कूल कर्जाको २४.१८ प्रतिशत रहेको खराब कर्जा ७.३९ प्रतिशतमा झरेको छ ।
    यस अवधिमा बैंकले ४२ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
    २०७१ साल भदौ ३० गते तत्कालीन ‘ख’ वर्षको प्रभू विकास बैंक, ‘क’ वर्गको किष्ट बैंक, क्षेत्रीयस्तरको गौरिशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभू बैंकको नाममा एककीकृत कारोबार सुरु गरेका थिए । नयाँ व्यवस्थापनले लिएपछि बैंकमा उल्लेख्य सुधार भएको हो ।
    बैंकले कर्जामा लिने र निक्षेपमा दिनेबीचको व्याज अन्तर (स्प्रेड दर) पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र राख्न सफल भएको छ । ०७१ मा ५.१२ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.८४ प्रतिशत छ ।
    बैंकले सेयरधनीको लगानीमाथि गत वर्ष २८.११ प्रतिशत आम्दानी दिएको छ । अघिल्लो वर्ष २०.३२ प्रतिशतले नोक्सानी व्यहोर्नुपरेको थियो ।
    हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २० करोड र सञ्चित कोष ४७ करोड रुपैयाँ छ । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको ग्राण्ड बैंकलाई आगामी भदौभित्र एक्वायर गरिसक्ने बैंकले जनाएको छ । एक्वायरपश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब २० करोड रुपैयाँ पुग्ने छ भने शाखा, एटीएमलगायतमा बैंक पहिलो हुनेछ ।
    अागामी २ वर्षभित्र राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्श रूपैयाँ चुक्ता पुँजी पुर्याउन कुनै कठिनाइ छैन । गत अार्थिक वर्षको नाफाबाट बैंकले १० देखि १५ प्रतिशत बाेनस दिन सक्ने देखिन्छ । अागामी दुर्इ वर्षमा बोनस सेयर र हकप्रद सेयरले नै तोकिपएको पुँजी पुर्याउन सक्छ ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पहिलोपटक प्रभू बैंकको नाफा एक अर्ब, कति देला बोनस ? Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top