728x90 AdSpace

  • ताजा ताजा

    निखिल भन्छन्-‘चलचित्र क्षेत्रमा अरुकै ईर्ष्र्या गर्ने धेरै भए’

    भने-'नयाँ धार र पुराना धार भन्नु बेकार छ, यो विकृती हो' 

    नेपाली चलचित्र क्षेत्रमा कुनै समय राज गरेका नायक निखिल उप्रेती अहिले पनि चर्चामा नै छन् । ५ बर्ष मुम्बई बसेर फर्किएपछि पनि निखिलको चर्चा सेलाएको छैन । झन्, चलचित्र निर्देशन र नायकको रुपमा र्फकदै गर्दा निखिललाई लिएर प्रतिक्षा गर्ने दर्शकको संख्या धेरै छ ।



    उनै निखिल उप्रेती नेपाली चलचित्र क्षेत्रमा ईष्र्या गर्ने धेरै भएको बताउँछन् । एक कार्यक्रममा निखिलले भने-‘हामी कुनै कार्यक्रममा जाँदा चलचित्रलाई शुभकामना त दिन्छौ । तर, हृदयदेखि दिदैनौ । हामी आफ्नो काम भन्दा अरुको काममा डाहा धेरै गर्छौ र दुखी बन्छौ ।’
    निखिलका अनुसार नेपाली चलचित्र क्षेत्रमा अरुको कामको कुरा काट्ने, आफ्नो मात्र राम्रो भन्ने सोच हाबी हुँदै गएको छ । उनले सबै चलचित्रको सफलताका लागि प्रार्थना गर्न चलचित्रकर्मीलाई आग्रह गरे ।
    नेपाली चलचित्रमा देखिएको नयाँ र पुरानो धारलाई निखिलले विकृती भनेका छन् । उनका अनुसार, नयाँ र पुराना धार भनेर चलचित्र छुट्टदिैन । चलचित्र राम्रो बनाउने हो ।
    नेपाली चलचित्रमा पुराना कलाकारलाई सम्मान गर्ने प्रवृत्ती सकिदै गएकोमा पनि यी नायकले चिन्ता व्यक्त गरे । नयाँ धार भनेर पुरानालाई पन्छाउन र अपहेलना गर्न नमिल्ने निखिलको भनाई छ । उनले हरेक नेपाली चलचित्रमा पुराना कलाकारलाई पनि अभिनय गराउनु पर्ने बताए ।
    निखिलले भने-‘नयाँ र पुरानो धारको नाममा पुराना कलाकारलाई लाखापाखा लगाउन हुँदैन ।’ भदौ ११ गतेबाट आफ्नो पुरानै छविको एक्सन चलचित्र ‘भैरव’ लिएर निखिल चलचित्र बजारमा र्फकदै छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: निखिल भन्छन्-‘चलचित्र क्षेत्रमा अरुकै ईर्ष्र्या गर्ने धेरै भए’ Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top