728x90 AdSpace

  • ताजा ताजा

    आमिरलाई अफर गरिएको थियो ‘बजरंगी भाइजान’

    मुम्बई, श्रावण २२ - कबीर खानले निर्देशन गरेको सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’ हेरेर आमिर खानले आफू रोएको बताएका थिए । अहिले उनको त्यो रुवाई फिल्म मन परेर मात्र नभई, आफ्नै भूलका कारण पनि थियो कि भनेर सोध्न थालिएको छ ।
    फिल्मसम्बद्ध स्रोतलाई हवाला दिँदै एजेन्सीहरुले दिएका समाचार अनुसार यो फिल्म पहिले आमिर खानलाई अफर गरिएको थियो । समाचार अनुसार फिल्मका लेखक केभी विजयेन्द्र प्रसाद (प्रसाद बाहुबलीका लेखक हुन् भने यसका निर्देशक एसएस राजामौलीका पिता हुन्) ‘बजरंगी भाइजान’को स्क्रिप्ट लिएर आमिर समक्ष पुगेका थिए । आमिरले फिल्म अलि धेरै राजनीतिक भएको प्रतिक्रिया दिएर केही परिवर्तनको माग गरे । प्रसादले उनको माग अस्विकार गरे ।
    आमिरले नमानेपछि प्रसाद राकेश रोशन–ऋत्विक रोशनसमक्ष पुगे । रोशनहरुले स्क्रिप्टको मूल्य बढी भएको बताए । प्रसादले स्क्रिप्टको २ करोड भारु मागेका थिए । ऋत्विकले फिल्म मन पराए पनि मूल्यका कारण निर्णय नदिइरहेका बेला सलमान खानले यसका बारे सुने । उनले तुरुन्त लेखकलाई बोलाए र स्क्रिप्ट सुने । उनले स्क्रिप्ट मन पराए र लेखक विजयेन्द्र प्रसालाई तुरुन्तै ५० लाख साइनिङ अमाउन्ट बुझाए ।
    यसरी आमिर र ऋत्विकले बेलैमा बुद्धी नपुर्‍याउँदा बक्स अफिसमा रेकर्ड तोडिरहेको फिल्म सलमानले पाएका थिए ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: आमिरलाई अफर गरिएको थियो ‘बजरंगी भाइजान’ Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top