728x90 AdSpace

  • ताजा ताजा

    पाठेघरबाट निकालियो ७ किलोको ट्युमर


    शैलैन्द्र महतो, जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकले महिलाको पाठेघरमा रहेको सात किलो दुई सय ग्रामको मासुको डल्लो (ट्युमर) सफलतापूर्वक शल्यक्रिया गरी बाहिर निकालेका छन् ।  महोत्तरीको जलेश्वर नगरपालिका–१४ का दिनेश राय यादवकी ३४ वर्षीया श्रीमती प्रमिलादेवीको पाठेघरमा रहेको ७.२ किलोग्रामको मासुको डल्लो डाक्टरले शल्यक्रिया गरी निकालेका हुन् ।
    जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन भर्ना भएकी प्रमिलाको पाठेघरको दाँया भागमा रहेको सो ट्युमर स्त्री रोग तथा प्रसुती रोग विशेषज्ञ डा.रामजी यादवले मंलबार शल्यक्रिया गरी सफलतापूर्वक बाहिर निकालेका हुन् । आधा घण्टा लगाई शल्यक्रिया गरी ट्युमर बाहिर निकालिएको र अहिले प्रमिलाको अवस्था समान्य रहेको डा.यादवले बताए ।
    शरिरबाट यति धेरै  तौल भएको ट्युमर निकालिएपछि अस्पतालमा हेर्नेहरुको भिड लागेको थियो । ट्युमरको समस्या लामो समयदेखि भएपनि नदुख्ने भएकाले चार महिना अघि मात्र थाहा भएको प्रमिलाका श्रिमान दिनेशले बताए । पेट सामान्य दुख्ने समस्या आएपछि इलाज गराउँदा पाठेघरमा ट्युमर रहेको थाहा पाएको उनले जनाए । उनका अनुसार गत साउन १२ गते जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचार पश्चात घर फर्केर सोमबार पुनः अस्पतालमा उपचार गराउन आएपछि डा.यादवले शल्यक्रिया गरी ट्युमर निकालेका हुन् ।
    जनकपुर अञ्चल अस्पतालमै सफलतापूर्वक ट्युमर निकालिएपछि प्रमिला र उनको परिवार निकै खुसी छन् । प्रमिलाको चार जना छोराछोरी छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पाठेघरबाट निकालियो ७ किलोको ट्युमर Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top