728x90 AdSpace

  • ताजा ताजा

    मेसिनमा च्यापिएर नेपालीको मृत्यु

    मलेसिया : मलेसियाको इपोस्थित एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक नेपाली युवाको ज्यान गएको छ।  

    कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नलाङका सिजन गिरी सोमबार मृत्यु भएको हो ।

    गिरी इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त राजेन्द्र पुरीले जानकारी दिए ।

    गिरिको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने भएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मेसिनमा च्यापिएर नेपालीको मृत्यु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top