728x90 AdSpace

  • ताजा ताजा

    दुबर्इमा म्युजिक भिडियाेमा खेल्ने प्रतिभा खोज्दै कोइराला

    रामप्रसाद ढुंगेल
    दुबई । करिब ३ लाखभन्दा बढी नेपालीले श्रम गरिरहेको यूएईमा गीतसंगीत र मोडलिङको क्षेत्रमा प्रतिभाको खोजी गर्ने उद्देेश्यले एक म्युजिक भिडियो निर्देशक दुबई आएका छन् । स्वरुपराज आचार्य र अन्जु पन्तकोतिमी कस्को हुने होला….बोलको चर्चित गीत लगायत ३ सय भन्दा बढी गीतहरुका निर्माण गरिसकेका म्यूजिक भिडियोका निर्देशक मुनाल शिशिर कोइराला प्रतिभाको खोजी गर्दै यूएई आएका हुन् ।

    आर्टिस्ट जंक्सनको निमन्त्रणामा यूएई आएका निर्देशक कोइरालाले दुबर्इमा रहँदा २० भन्दा बढी गीतहरुको म्युजिक भिडियो सुटिङ गर्ने बताए । उनले यूएईमै एक सर्ट मुभी पनि छायांकन गर्ने तयारी भइरहेको बताए ।
    खाडी देशहरुमा बढ्दै गएको नेपाली म्युजिकप्रतिको क्रेजलाई मध्यनजर गर्दै तीन महिनाको अवधिमा यहाँ रहेर सत्यस्वरुप, अन्जु पन्त, प्रमोद खरेल, रेजिना रिमाल, नरेन्द्र प्यासी, रुपक डोटेल, राजु लामा, मिलन अमात्यका चर्चित गीतहरु यूएईकै मोडलहरु राखेर छायांकन गर्ने निर्देशक कोइरालाले जानकारी दिएका छन् ।
    उनले निर्देशन गरेका अन्य भिडियोहरु अन्जु पन्तको म तिम्रो मान्छे,.. रामभक्त जोजिजुको उडेर जून छुन्छु भन्थें…., रुपक डोटेलको मेरो बोली सुन्दा…. नेपाली संगीत पारखीहरुले अत्यधिक रुचाएका छन् ।
    स्थानीय गायक गायिकाहरुका केहीगीतहरुको पनि म्युजिक भिडियो बनाउने सहमति भएको उनले बताए । राष्ट्रिय कलाकारहरुका गीतमा मोडलहरु भने यूएईमै कार्यरत नेपालीहरुलाई मौका दिइने विकल्प क्रिएसनका एमडी समेत रहेका कोइरालाले जानकारी दिए । यसका लागि मोडलिङमा भविष्य बनाउन चाहनेहरुलाई चर्चित गीतहरुमा अवसर दिइनेछ ।
    उच्च गुणस्तरको सेभेन डी क्यामरा र आफ्नो एक दशक लामो अनुभवको सम्मिश्रणबाट क्रिएटिभ म्युजिक भिडियो बनाइरहेका कोइरालाले यूएईको नेपाली संगीतको बजारलाई राष्ट्रियस्तरमा जोड्ने पुलको काम गर्ने दाबी गरेका छन् ।
    उनले स्थानीय गायक तथा गायिकाहरु तथा मोडल प्रतिभाहरुको खोजी गरिरहेको जानकारी दिए । प्रतिभा भएर पनि रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरुबाटै मोडलहरु जन्माउने र उहाँका मनोरम दृश्यहरु नेपाली दर्शकहरुसमक्ष पुर्याउने आफ्नो लक्ष्य रहेको कोइरालाले बताए । यूएईपछि अन्य खाडी देशहरुमा पनि यस्तै प्रोजेक्ट लिएर जाने अभियान स्वरुप पहिलो गन्तव्यका रुपमा दुबई आएको उनले बताएका छन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: दुबर्इमा म्युजिक भिडियाेमा खेल्ने प्रतिभा खोज्दै कोइराला Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top