728x90 AdSpace

  • ताजा ताजा

    नेपालका पूर्व सितोरियो खेलाडीलार्इ अमेरिकामा गोल्ड मेडल

    अमेरिका । अमेरिकाको स्प्रीङफिल्ड भर्जिनियामा बस्दै अाएका पूर्व सितोरियो खेलाडी उज्जल ठकुरीलार्इ गोल्ड मेडल प्राप्त भएको छ । उनलार्इ सो पदक नयाँ मार्शल अार्ट गेम यूएस क्यापिटल क्लासिक्स चाइना अोपन टुर्नामेन्ट नामक विश्वस्तरीय खुल्ला प्रतिस्पर्धामा प्राप्त भएको हो ।
    उनले सो प्रतियोगिता ताैल समूह र उमेर समूह गरी दुवै तर्फबाट खेलेका थिए । उमेर समूहमा उनलार्इ स्वर्ण र तैाल समूहमा कास्य पदक प्राप्त भएको छ ।
    अमेरिकामा ट्याक्सी ड्राइभर रहेका ठकुरी नेपालमा नयाँ बानेश्वर निवासी हुन् र उनी सन् २००३ तिर अमेरिका अाएका थिए ।
    नेपालमा हुँदा सितरियो कराँते खेलेका उनले केही बर्ष पहिलेदेखि अाफ्नो खेल जीवनलार्इ अमेरिकामा पनि निरन्तरता दिन थाले ।
    शुरूमा युएफसी खेल्न थालेका ठकुरीले गत सात महिना पहिलेदेखि एउटा अवकास प्राप्त अार्मी अफिसर मास्टर ग्यारीसँग उक्त नयाँ गेम खेल्न शुरू गरेका हुन् । सात महिनाको कडा मेहनत पश्चात उनलार्इ उक्त सफलता प्राप्त भएको ठकुरीले बताए । यही खेलबाटै भविष्यमा केही गर्ने चाहना भएको ठकुरीले बताए ।
    सो प्रतियोगिता मेरिल्याण्डस्थित वासिङटन नेशनल हारवोर सेन्टरमा जुलार्इ ३१ र अगस्ट १ मा सम्पन्न भएको थियो ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालका पूर्व सितोरियो खेलाडीलार्इ अमेरिकामा गोल्ड मेडल Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top