728x90 AdSpace

  • ताजा ताजा

    नेपाली टोपीमा विकीमिडिया सस्थापक

    काठमाडौं, श्रावण २१ - विश्वभरका विकिमिडिया समुदाय र ओपन कन्टेन्ट (खुला सफटवेयर) लगायतका संस्थाहरूले ठूलो पर्वका रूपमा मनाउने विकिमेनिया–२०१५ मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न भएको छ । 
    सन् २००२ मा स्थापना भएको विकिमिडिया फाउन्डेसनले आफ्ना विश्वभर फैलिएर बसेका विभिन्न भाषामा आवद्ध अनलाइन स्वंयमसेवकहरूको विश्वव्यापी सम्मेलनको रूपमा विकिमेनिया सम्मेलन सञ्चालन गर्दै आएको छ ।  सन् २००६ वाट सुरु भएको सम्मेलनको यो ११औं संस्करण हो ।
    विकिमिडिया फाउन्डेसनका सह–संस्थापक जिम्मी वेल्सलाई नेपाली टोपी लगाइदिएपछि तस्बिर खिचाउदै नेपाली स्वयंसेवक ।
    सम्मेलनमा विकिपिडिया तथा यसका भातृपरियोजनाहरूमा आवद्ध नेपालसहित ४० राष्ट्रका विकिमिडियनहरूको सहभागिता थियो । प्रि र पोष्ट सम्मेलनमा विभाजन गरिएको कार्यक्रमको पहिलो सत्रका ३ दिन विकिमिडियनहरू विच वार्तालाप, भेटघाट र ह्याकाथन गरेर मनाईएको नेपालबाट सहभागी नवीन सापकोटाले जानकारी दिए । 
    यस्तै पोष्ट सम्मेलनमा विश्वका डिजिटल राइटका अगुवाहरू र सयौं विकिपिडियन स्वयंसेवकहरू विकिमेनियामा भेला भएर नया परियोजनाको बारेमा अध्ययन गर्नुका साथै समस्याहरूको निराकरणका लागि छलफल गरिएको सापकोटाले जानकारी दिए । यसअर्तगत विकिमिडिया फाउन्डेसनका सह–संस्थापक जिम्मी वेल्स, कार्यकारी निर्दे्शिका लाईला त्रेतिकोभलगायतका विश्व प्रख्यात डिजिटल राइटका अगुवा तथा वक्ताहरूले आफ्ना धारणा राखेका थिए । 
    त्यस अबसरमा नेपालवाट प्रतिनिधित्व गर्दै मेक्सिको सिटी पुगेका नेपाली स्वंयमसेवकले विकिमिडिया फाउन्डेसनका सह–संस्थापक जिम्मी वेल्सलाई नेपाली टोपी पहिर्‍याइ दिएका थिए । टोपी लगाउन पाएपछि निकै खुसी मुद्रामा देखिएका उनले नेपाली नेपाल र नेपालीप्रति आफ्नो माया र सद्भाव रहेको बताएका थिए । 
    कार्यक्रममा लगाएको नेपाली खुकुरी र झण्डा अंकित भाद्गाउले टोपी सबैको आर्कषण बनेको थियो । विकिमेनियाको अर्को संकरण सन् २०१६ मा इटालीको ग्रामिण भेग इसिनो लारियोमा गरिने छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली टोपीमा विकीमिडिया सस्थापक Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top