728x90 AdSpace

  • ताजा ताजा

    तराई जल्दै छ, काठमाडौं मौन छ (कहाँ के भयो ?)

    ३० साउनदेखि १८ भदौसम्म कैलालीदेखि सप्तरीसम्म

    ३० साउन सप्तरी स् अनिल झा, मातृका यादवलगायत नेतृत्वको संघीय मधेसी मोर्चाद्वारा स्वायत्त मधेस प्रदेशको माग राख्दै तीन दिनसम्म मधेस बन्द आह्वान गर्‍यो

    रूपन्देही स् भैरहवाको बुद्धचोकमा मधेसी मोर्चाले गरेको सभामा मोटरसाइकलमा आएका केही व्यक्तिले मोर्चाविरोधी नारा लगाएपछि तनाव, केहीबेरमै स्थिति सामान्य

    ३१ साउन सप्तरी स् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा दुईदिने बन्द आह्वान

    पर्सा स् वीरगन्जमा सिर्सिया ड्राइपोर्टमा रहेको भन्सार कार्यालयको कर्मचारी ओसार्ने बा।१ग २२६० नम्बरको मिनिबस तोडफोड

    ३२ साउन  सप्तरी स् भारदहमा साँझ ६ बजे अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर बनाई सवारीसाधन स्कर्टिङ, एउटा ट्रकमा आगजनी, भारदह चोकमा आधा दर्जन मोटरसाइकल प्रहरीद्वारा तोडफोड

    पर्सा स् बन्दकर्ताद्वारा वीरगन्ज भन्सार नाकामा अवरोध रूपन्देही स् भैरहवाको बर्मेलीटोलमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ता टेन्ट टाँगेर सडकमै बस्न थाले । साँझ सडकमै खाना पकाएर खान सुरु ।

    १ भदौ सप्तरी स् भारदहको सडकमा मधेसी मोर्चाको धर्ना । सडक खुलाउन प्रहरीले बल प्रयोग गर्दा भएको प्रहरीको गोली लागेर राजेन्द्र राउत ९राजीव०को मृत्यु ।

    २ भदौ सप्तरी स् मृतक राजीव राउतलाई सहिद घोषणा, घाइतेको उपचारलगायतका माग राखेर प्रदर्शन ।

    ३ भदौ धनुषा स् जनकपुरमा जुलुस प्रदर्शन । बजार, पसल प्रदर्शनकारीद्वारा जबर्जस्ती बन्द । बन्द गराउने मधेसी मोर्चाका १९ कार्यकर्ता पक्राउ ।

    रूपन्देही स् भैरहवाको सिटी हस्पिटलमा तोडफोड, पार्कीङ गरीएका गाडी, होटल र घरहरूमा तोडफोड भएपछि स्थानीयको प्रतिकार । बेलहियाको प्रतिकारमा कम्तीमा दुई दर्जन घाईते ।

    ४ भदौस् सप्तरी स् अधिकारकर्मी डा। सुन्दरमणी दिक्षित नेतृत्वको टोलीले भारदहको स्थलगत निरीक्षण ।

    पर्सा स् अनिश्चितकालिन बन्दको विरोधमा वीरगंजका खुद्रा व्यवसायीको प्रदर्शन ।

    रूपन्देही स् भैरहवामा ३ भदौबाट आन्दोलनका क्रममा सम्पकबिहीन भएका लुम्बिनी संस्कृत नगरपालीका वडानं १० का १८ बर्षीया सुनिल भन्ने सुधिराम यादव मृत भेटिए । उनको को शव स्थानीय डण्डा खोलामा भेटियो ।

    ५ भदौ सप्तरी स् भारदहमा प्रदर्शन र विरोध सभा । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताको सम्बोधन । भारदह र पोर्ताहामा दुई मालबाहक ट्रकमा आगजनी ।

    रूपन्देही स् भैरहवाको सिदार्थनगर नगरपालीका क्षेत्र भित्र लागु हुने गरी ५ देखि ९ भदौसम्म बिहान ११ देखी सांझ ६ बजेसम्म निषेधित क्षेत्र घोषित । लुम्बिनीस्थित शसस्त्र प्रहरी पोष्टमा सांझ आक्रमण प्रयास ।

    ६ भदौस् सप्तरी स् गृह मन्त्रालयद्वारा मृतकलाई क्षतिपूर्ति र घाईते उपचार गर्न सहमति जनाउँदै सप्तरी प्रशासनलाई पत्राचार ।

    महोत्तरी स् सदरमुकाम जलेश्वरस्थित महिला विकास कार्यालयमा तोडफोड ।

    ७ भदौ सप्तरी स् भारदहमा मृत्यु भएका राजिव राउतको शव आफन्तले बुझे ।

    महोत्तरी स् जलेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा तोडफोड ।

    सर्लाहीस् सदरमुकाम मलंगवामा मधेसी मोर्चाका कार्यकर्ताद्वारा घरेलु हतियार सहित जुलुश प्रदर्शन । सरकारद्वारा सर्लाहीलाई दंगाग्रस्त क्षेत्र घोषणा ।

    ८ भदौ रौतहट स् निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु । सदरमुकाम गौरमा प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका मठिया–६ का राजकिशोर ठाकुरको उपचारका लागि वीरगञ्ज ल्याउँदै गर्दा मृत्यु ।

    रूपन्देही स् भैरहवामा ३ भदौमा भएको झडपमा परी गंभिर घाईते भएका रूपन्देहीको कम्हरिया गाबिसका दुर्गेश यादवको उपचारका क्रममा काठमाण्डौ शिक्षण अस्पतालमा मृत्यु ।

    सप्तरी स् राजीवको शव यात्रा । भारदह, राजविराज, लहान हुँदै फेरि कोसी ब्यारेज पुर्‍याएर अन्त्येष्टी ।

    महोत्तरी स् जलेश्वरस्थितजनताको तटबन्ध कार्यालय र छिमेकी विकास बैंकमा तोडफोड । सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीको पूर्व पश्चिम राजमार्गको जंगल क्षेत्रबाट आफ्नो सुरक्षा पोष्ट हटायो ।

    ९ भदौ बारारपर्सा स् स्थानीय प्रशासनद्धारा बारा र पर्साका विभीन्न स्थानमा निषेधाज्ञा जारी । बारा–पर्सा प्रशासनद्धारा वीरगञ्ज भन्सार नाकामा रोकिएका एक हजार बढि गाडीको स्कटिङ ।

    महोत्तरी स् उद्योग बाणिज्य संघ बर्दिबासद्वारा सद्भाव र्‍यालीको आयोजना, महोत्तरीको लक्ष्मिनियाँस्थित पूर्व पश्चिम राजमार्गमा एउटा बस र एउटा ट्रकमा आगजनी । असुरक्षा बढेपछि बर्दिबास क्षेत्रका विद्यालय तीन दिनको लागि बन्द ।

    १० भदौ पर्सा स् मधेसी दलका कार्यकर्ताहरूद्धारा वीरगन्जको बाइपास, अलखीया मठ, बहुअरी र परवानीपुर चोकमा निषेधाज्ञा तोडेर प्रदर्शन । आधा दर्जन सवारी साधनमा तोडफोड ।

    महोत्तरीस् सदरमुकाम जलेश्वरमा मधेसी मोर्चाद्वारा जना सभाको आयोजना, बर्दिबासमा पार्किंङ गरि राखिएका तीनवटा रात्री बसमा आगजनी ।

    ११ भदौ सप्तरी स् राजविराजस्थित एमाले सभासद् रञ्जु ठाकुरको सम्पर्क कार्यालयमा आगजनी ।

    पर्सा स् वीरगन्जमा लाठी जुलुश प्रदर्शन ।

    १२ भदौ सप्तरी स् राजविराजमा प्रधानमन्त्रीको कृतिम शव बनाई प्रदर्शन ।

    १३ भदौ सप्तरी स् राती स्कर्टिङ्गमा रहेका सवारीसाधनमाथि ढुंगामुडा ।

    बारा स् कलैयामा बन्दको अवज्ञा गरेको भन्दै बालुवा बोक्ने तीन वटा ट्रयाक्टर र कलैयामा एउटा दुध बोक्ने गाडीमा तोडफोड ।

    १४ भदौ सप्तरी स् प्रहरीको स्कर्टिङ्गमा रहेको माईक्रो सप्तरीको रूपनीमा तोडफोड र आगजनी । राजविराजस्थित नापी शाखामा आगजनी ।

    महोत्तरी स् जलेश्वरमा प्रदर्शन, एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड । पार्टीका झण्डा र बोर्ड मधेसी मोर्चाका कार्यकर्ताले हटाए ।

    रूपेन्देही स् भैरहवास्थीत स्थानीय डण्डा खोलामा बोधबार गाबिस वडानं ३ बुचीका ३५ बर्षिय रामेश्वर पाशीको शब फेला ।

    १५ भदौ सप्तरी स् राती स्कर्टिङ्गमा रहेका सवारीसाधनमाथि ढुंगामुडा ।

    पर्सा स् वीरगञ्जमा झडपपछि स्थानीय प्रशासनद्धारा अनिश्चितकालिन कफ्र्यु आदेश जारी । कफ्र्यू तोडेर प्रदर्शन गरेपछि प्रहरीद्वारा बल प्रयोग । प्रहरीले चलाएको गोली लागेर विरगन्जमा चार र कलैयामा एक जनाको मृत्यु । ३० भन्दा बढि आन्दोलनकारी गोली लागि घाईते । वीरगञ्ज दंगा ग्रस्त क्षेत्र घोषित । प्रदर्शनकारीद्धारा वीरगञ्जको छपकैयाँमा रहेको पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोईरलाको शालीक तोडफोड ।
    महोत्तरी स् जलेश्वरस्थीत नेपाली कांग्रेस र राप्रपा नेपालको कार्यालयमा तोडफोड, झण्डा र बोर्ड निकालेर फालियो । जिल्ला शिक्षा कार्यालयमा ढुंगा प्रहार । ठाउँठाउँमा प्रहरी गस्ती टोलीमाथि ढुंगामुढा।

    धनुषा स् जनकपुर भन्सार कार्यालयमा तोडफोड । भानुचोकमा २ वजेदेखि साझसम्म मोर्चा र प्रहरीबीच झडप । १८ जना आन्दोलनकारी र दर्जन प्रहरी घाईते । आन्दोलनकारीद्वारा काँग्रेसका सभासद रामकृष्ण यादवको घरमा आगजनी । प्रहरी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष उमाशंकर अरगरियाको घर प्रवेश गरेर तोडफोड ।

    १६ भदौ पर्सा स् बिन्दवासीनीको तिलावे पुल नजिक रहेको काँग्रेसका नेता स्वर्गीय आत्माराम ओझाको शालीक तोडफोड । बीरगञ्जको गण्डकमा तरकारी बोकेको ट्रकमा आगजनी ।

    महोत्तरी स् जलेश्वरको जिरोमाइलमा रहेको प्रहरी विटमा आगजनी । लोकसेवा आयोगको जनकपुर अञ्चल कार्यालयमा तोडफोड । जलेश्वरका विभिन्न ठाउँमा प्रहरीसँग पटक पटक झडप, प्रहरीद्वारा १८ राउण्ठ अश्रु ग्यास प्रहार ।

    १७ भदौ सप्तरी स् शिक्षा कार्यालय सप्तरीको जीपमा आगजनी । जिल्ला भूसंरक्षण कार्यालयमा पनि आगजनी । स्कर्टिङ्गमा रहेका एक बसमा भारदहमा आगजनी ।

    पर्सा स् वीरगन्जको नगवामा अज्ञात समुहले राखेको सुतली बम सुरक्षाकर्मीद्धारा डिस्पोज ।

    महोत्तरी स् जलेश्वरमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट चार प्रहरी घाइते, प्रहरीद्वारा १५ राउण्ड अश्रु ग्याँस प्रहार ।

    धनुषा स् जनकपुरको भानु चोक र मुरली चोकमा प्रहरी र आन्दोलनकारी बीच झपड । २१ आन्दोलनकारी घाईते । मुरली चोकमा एक सहकारी संस्थामा आगजनी ।

    १८ भदौ सप्तरीस् महिलाद्वारा शान्तिपूर्ण झाडु जुलुस प्रदर्शन र विरोध सभा ।

    धुनुषा स् जनकपुरमा वृहत लाठी जुलुस प्रदर्शन ।

    पश्चिम

    साउन ३० पश्चिम र सुदूरपश्चिममा थरुहट र अखण्डको आन्दोलन

    कास्की स् पोखरामा मसाल जुलुस,

    दाङ, बाँके बर्दिया, सुर्खेतमा प्रदर्शन कैलाली स् कैलाली, कञ्चनपुरसहितको अखण्ड सुदूरपश्चिम हुनुपर्ने र दुई जिल्ला छुट्याएर थरुहट प्रदेश बनाउनुपर्ने दुवै पक्षको आन्दोलन आठ दिनदेखि जारी जुम्ला स् छुट्टै कर्णाली प्रदेश माग गर्दै प्रदर्शन

    साउन ३१ नवलपरासी स् सभासद् वैजनाथ चौधरीको घरमा तोडफोड गर्न खोज्दा प्रहरी–प्रदर्शनकारीबीच झडप, गोली चल्यो

    साउन ३२ नेकपा–माओवादी नेतृत्वको मोर्चासहित मधेसकेन्द्रित दलको नेपाल बन्द नवलपरासी स् नवलपरासीमा बन्दको अघिल्लो रात ना।४ख १६१८ नम्बरको ट्रकमा आगजनी कैलाली स् सद्भाव र्‍याली जुम्ला स् अखण्ड कर्णालीको माग गर्दै प्रदर्शन, प्रहरीद्वारा फाइरिङ, १३ घाइते

    भदौ १ नवलपरासी स् बन्दका क्रममा ड्युटीमा खटिएका वेला आफ्नै बन्दुक पड्किएर ससस्त्र प्रहरी हवल्दार काशीराम विक घाइते दैलेख स् कर्मचारी पनि सडकमा कैलाली स् अखण्ड सुदूरपश्चिम पक्ष र प्रहरीबीच झडप

    भदौ २ सर्खेत स् कर्मचारी र शिक्षक पनि सडकमा दैलेख स् नौ दिनदेखिको बन्द जारी, प्रदर्शन भदौ

    ३ कपिलवस्तु स् दिनभर आन्दोलनकारी र प्रहरीबीच झडप, मधेसी मोर्चाका १२ कार्यकर्ता घाईते, आन्दोलनकारी अब्दुल मुसलमानसँग बाह्रबोरको बन्दुक भेटियो

    भदौ ४ रुपन्देही स् मधेसी मोर्चा र थरुहटले गरेको आन्दोलनमा झडप, थुप्रै गाडी जलाइए, राति आठदेखि बिहान पाँच बजेसम्म कफ्र्यु आदेश बर्दिया स् प्रदर्शनकारी र प्रहरीबीच झडप, दिनभर तनाव सुर्खेत स् संयुक्त र्‍याली

    भदौ ५ सुर्खेत स् दलहरूबीच सात प्रदेशमा सहमति भएपछि सुर्खेतको आन्दोलन स्थगित जुम्ला स् कर्णालीको आन्दोलन स्थगित रुपन्देही स् भैरहवा सामान्य, सहरबाहिरका क्षेत्रमा तनाव

    भदौ ६ रुपन्दही स् भैरहवामा आन्दोलनकारी सुधिराम यादव मृत भेटिए, सिद्धार्थनगर नगरपालिका र आसपासका क्षेत्रमा पाँचदिने निषेधाज्ञा जारी कपिलवस्तु स् बा।९च ८९४१ नम्बरको जिप र लु।१ज ९९८ नम्बरको जिपमा आगजनी

    भदौ ८ कैलाली स् टीकापुरमा हिंसात्मक भिडन्त, एसएसपीसहित आठ प्रहरी र एक नाबालकको मृत्यु, ५० भन्दा धेरै घाइते, कफ्र्यु आदेश तोड्दै आन्दोलन, सेना परिचालन गर्ने सरकारको निर्णय रौतहट स् सेना परिचालन गर्ने सरकारी निर्णयको विरोध, संयमता अपनाउन दलहरूको अपिल

    भदौ ९ कैलाली स् प्रहरीमाथि आक्रमण गर्ने पाँच आरोपी पक्राउ, थारूहरूले आन्दोलन फिर्ता लिएनन् रौतहट स् गौरमा प्रहरीको गोली लागी २० वर्षीय राजकिशोर ठाकुरको मृत्यु

    भदौ १० कपिलवस्तु स् अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर, आन्दोलनकारीले सरकारी कार्यालयमा मधेस सरकारको साइनबोर्ड राखे बागलुङ स् जिल्ला टुक्रिएको विरोधमा धौलागिरि नाका ठप्प डडेल्धुरा स् सद्भाव र्‍याली नवलपरासी स् झडपमा प्रहरीको गोली लागी दुई घाइते

    भदौ ११ कैलाली स् दुवै प्रहरीका महानिरीक्षक टीकापुरमा, दुर्गौलीमा प्रहरीको गोली लागी २० वर्षीय जगतराज देवकोटा घाइते 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: तराई जल्दै छ, काठमाडौं मौन छ (कहाँ के भयो ?) Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top