728x90 AdSpace

  • ताजा ताजा

    हामी वार्ता विरोधी होइनौं : महतो

    रबिन्द्र प्रताप गुप्ता            
                                     
    भैरहवा,भदौ १८।
    सदभावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले आफुहरु वार्ता विरोधी नभएको तर सरकारको अहिलेको गतिविधिले वार्तामा बस्नुको कुनै औचित्य नभएको बताएको छ्न।सदभावना पार्टी रुपन्देहीद्वारा शुक्रवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेसी जनतासंग विगतमा सरकारले गरेको २२ बुदे र ८ बुदे सम्झौता कार्यान्वयन नभएको कारण आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँदै अझै पनि ४ दलले आफ्नो हठ नछोडे मधेसी र थारु जनताको धैर्यताको बाध समेत टुट्ने बताए।उनले संविधानसभाबाट मधेसी तथा उत्पीडित जनताको अधिकार लेखिने सुनिश्चितता नदेखिएको कारण सदभावना पार्टीका सभासदहरुले संविधानसभाबाट राजीनामा दिएको बताए।  
    पुर्व वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेको नेता महतोले भैरहवामा भदौ ३ गते भएको घटना निकै दुस्खद भएको बताउँदै घटनाको निस्पक्ष छानबिन गरि दोषी माथी कडा कारवाही हुनपर्ने बताएका छ्न।उनले मधेस आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने,घाइतेको निशुल्क उपचार हुनुपर्ने,सेना तथा सशस्त्र प्रहरीहरुलाई व्यारेक फर्काउनु पर्ने,निशेधाज्ञा हटाउनुपर्ने लगायतका शर्तहरु सरकारले पुरा नगरेसम्म वार्ता बस्न नसकिने बताए।पत्रकार सम्मेलनमा सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी,केन्द्रीय सदस्य राजेन्द्र गुप्ता,मनमोहन चौधरी,नेता आनन्द प्रसाद गुप्ता,तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा,मधेसी नेता विनोद उपाध्याय  लगायतको उपस्थिति रहेको थियो।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हामी वार्ता विरोधी होइनौं : महतो Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top