728x90 AdSpace

  • ताजा ताजा

    विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : ढुगाना

     रबिन्द्र प्रताप गुप्ता
     भैरहवा,भदौ १८।
    निजी तथा आवासीय विद्यालय संगठन९प्याब्सन०का केन्द्रीय महासचिव डि।के।ढुंगानाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बताएका छ्न।उनले विद्यालयका सवारी साधनले एम्बुलेन्स र दमकल सरहको मान्यता पाउनुपर्ने बताएका छ्न। प्याब्सन,हिसान र एनप्याब्सन रुपन्देहीद्वारा संयुक्त रुपमा शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा महासचिव ढुंगानाले अधिकार सबैले माग्न पाउनुपर्छ तर अधिकार माग्ने नाममा विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित गराउन नहुने बताएका छ्न।त्यसै गरि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनालले आजका बालबालिका भोलिका कर्णधार भएकोले विद्यार्थीहरुले   सहज रुपमा पठनपाठन गर्न पाउनुपर्ने बताए।कार्यक्रम बोल्दै अभिभावक संघ नेपाल रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यालय संचालकको एक्लो प्रयासबाट मात्र विद्यालय संचालन गर्न गाह्रो भएको हुँदा अभिभावकको पनि शैक्षिक संस्था संचालन गराउन उत्तिकै भुमिका रहेको बताउनु भयो।         पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सदस्य बिष्णु पन्थी,प्याब्सन रुपन्देहीका सल्लाहकार एवं सिद्धार्थ नागरिक समाजका अध्यक्ष अरुण प्रताप राणा लगायतले आइतबारदेखि रुपन्देहीका सम्पुर्ण शैक्षिक संस्थाहरु सन्चालन हुने बताए। कार्यक्रम उच्च माध्यमिक विद्यालय संघ नेपाल९हिसान० रुपन्देहीका अध्यक्ष अनन्त राम शर्माको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका सचिव महेश भुर्तेलको संचालनमा सम्पन्न भएको थियो।                              
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : ढुगाना Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top