728x90 AdSpace

  • ताजा ताजा

    जनकपुरधाम : बाढी पीडितका लागि राहत संकलनमा तीब्रता


    अमरेन्द्र कुमार यादव, जनकपुरधाम १४ साउन । बाढी प्रभावितहरुका लागि जनकपुरधाममा विभिन्न संस्थाहरुबाट राहत संकल गर्दै प्रभावित क्षेत्रमा वितरण गरिदैछ । विहीबारबाट हेल्पिङ्ग ह्याण्डस नेपाल र मिथिलाको अनुपम डेग नामक संस्थाले संयुक्त रुपमा राहत संकलन अभियान थालेको छ ।

    शुक्रबार पनि राहत संकलन अभियान जारी रहेको उक्त संस्थाहरुले जनाएको छ । अभियानले विहीबार दुई घण्टामा करिब तेह्र हजार सात सय ५ रुपैया रकम र विभिन्न खाद्यान्न सामग्रीहरु संकलन गरेको संयोजक दिपक कुमार मिश्रले जानकारी गराएका छन् ।

    जनकपुरको विभिन्न स्थानहरुमा हेल्पिङ ह्याण्डस नेपाल र मिथिलाको अनुपम डेगका पदाधिकारीहरुसहित युवा पत्रकारहरुको एक टोलीले सो राहत संकलन गरेको हो । अभियानले राहत संकलन अभियानमा सहयोग गर्न सम्पूर्ण व्यापारी, बुद्धिजिवी, मानव अधिकारकर्मी, नागरिक समाज तथा समाजिक संघ–संस्थालाई अपिलसमेत गरेको छ ।

    देशमा बाढी पीडितलाई सरकारले उपेक्षा गरिरहेको आरोप लाग्दै आएको बेला जनस्तरबाट अहिले राहतका लागि विभिन्न संघ संस्थाहरुले राहत अभियान चलाएको छ ।

    बाढी पीडितलाई सहयोग गर्न चाहने ईच्छुक महानुभावले हेल्पिङ्ग ह्याण्डस नेपालको बैंक लिमिटेड गौशाला शाखाको चल्ती खाता नं. ०९४००१०६२५०१०२०००००१ जम्मा गर्न आग्रहसमेत गरेको छ । साथै विभिन्न प्रकारका खाद्यान्न सामग्री, लत्ताकपडा लगायतका सामग्रीहरु समेत सहयोग गर्न आग्रह गरेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जनकपुरधाम : बाढी पीडितका लागि राहत संकलनमा तीब्रता Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top