728x90 AdSpace

  • ताजा ताजा

    चौबीसै घण्टा प्रहरीको गस्ती हुने स्थानमा वृद्धाको लास

    जनकपुर, साउन १४ – चौबीसै घण्टा प्रहरीको गस्ती हुने स्थानको छेउमा बेवारिशे अवस्थामा एक वृद्धाको लास फेला परेको छ । जनकपुर ढल्केवर सडकखण्डको लक्ष्मनिया बजारको पचास मिटर दक्षिण सडकको पश्चिम छेउ पानी बग्ने पैनीमा लास भेटिएको हो ।
    स्थानीय बासिन्दाले लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । लासको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने स्थानीय बासिन्दाले आशंका गरेका छन् ।
    परिचय खुल्न नसकेको अन्दाजी ६५ वर्षकी वृद्धालाई कसैले शुक्रबार बिहान हत्या गरेर फालिएको हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ । लास फेला परेको स्थानको पचास मिटर उत्तरतिर बजार रहेको छ । जहाँ प्रहरीको २४ घण्टा नै डिउटी हुन्छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: चौबीसै घण्टा प्रहरीको गस्ती हुने स्थानमा वृद्धाको लास Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top