728x90 AdSpace

  • ताजा ताजा

    बस पल्टिँदा आठ घाइते

    By : Facebook

    चितवन– चितवनको भरतपुरस्थित रामनगरको जङ्गलमा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा आठ यात्रु घाइते भएका छन् ।

    सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८९५५ नम्बरको रामनगरको जङ्गलमा अनियन्त्रित भई पल्टिएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    बिहान करिब २ः१४ बजेको समयमा उक्त दुर्घटना भएको हो । घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    सडकमा बनेको खाल्डो छल्न खोज्दा बस पल्टिएको थियो । नारायणगढ मुग्लिन सडकमा विभिन्न क्षेत्रमा सडकविस्तारका क्रममा रहेकाले यहाँ धेरै खाल्डाखुल्डी छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: बस पल्टिँदा आठ घाइते Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top