728x90 AdSpace

  • ताजा ताजा

    ‘राजनीतिलाई नै सफा गर्नुपर्छ’ : नारायणकाजी


    एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्र दिवसको उपलक्ष्यमा सामाजिक सञ्जाल फेसबुकमा विचार सार्वजनिक गर्दै लोकतन्त्रलाई जनताले अनुभूति गर्नेखालको बनाउन राजनीतिलाई सफा गर्नपर्ने बताएका छन् ।
    उनले लेखेका छन् :
    ‘करिब २ महिनापछि म सामाजिक सञ्जालमा आएको छु । सबैलाई लोकतन्त्र दिवस २०७३ को अवसरमा हार्दिक अभिनन्दन तथा शुभकामना ।’
    ‘आजको हाम्रो चुनौती ठुलो बलिदानिपूर्ण सङ्घर्षपछि प्राप्त लोकतन्त्रलाई कसरी जनमुखी एवं प्रभावकारी बनाउँदै आम सर्वसाधारण जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न पाउने स्थिति सिर्जना गर्ने भन्ने हो । त्यसका लागि पहिले राजनीतिलाई नै सफा गर्नुपर्छ ।’
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘राजनीतिलाई नै सफा गर्नुपर्छ’ : नारायणकाजी Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top