728x90 AdSpace

  • ताजा ताजा

    निधि भारत र महरा चीन जाने


    काठमाण्डौँ, २७ साउन, २०७३– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ । बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।

    बैठकबारे जानकारी दिँदै महराले समय नतोकी छिट्टै दुई उपप्रधानमन्त्री आपसी सम्बन्ध सुधारका लागि भारत र चीन जाने बताए । बैठकले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिएको छ । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: निधि भारत र महरा चीन जाने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top