728x90 AdSpace

  • ताजा ताजा

    जब एसपी ‘साब’ ले असई ‘साब’लाई कानको जाली फुट्ने गरी तीन चड्कन दिए...

    पोखरा, २ भदौ, २०७३– जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालमाथि आफ्नै संगठनका जुनियर अफिसरमाथ कुटपिट गरेको आरोपमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ ।


    अर्यालले कास्की प्रहरीमै कार्यरत प्रहरी सहायक निरीक्षक कमलप्रसाद श्रेष्ठमाथि हातपात गरेको परिवारको आरोप छ ।

    श्रेष्ठकी पत्नी सीताले आफ्ना पतिमाथि एसपी अर्यालले हातपात गरेको आरोपसहित कारबाहीका लागि आयोगमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

    उजुरीमा सीताले आफ्ना पतिमाथि अर्यालले गत ३२ साउनमा आँखै अगाडि टाउकामा तीन मुक्का प्रहार गरेको उल्लेख गरेकी छन् ।

    सीताले कुटाइपछि पति कमलको दाहिना कानम सुनिएको र जाली फुटेको आशंका गरिन् । एक महिलाको विषयमा विवाद परेपछि एसपीले श्रीमानलाई कार्यकक्षमा बोलाएको र आफूसमेत गएका बेला घटना भएको उनले बताइन् ।

    प्रहरी श्रोतका अनुसार एक महिलाले कमल आफ्ना श्रीमान भएको दाबीसहित छोराको नागरिकता बनाइदिन माग गर्दै उजुरी दिएकी थिइन् । मकवानपुरको हेटौंडा घर भएकी ती महिलाले आफूलाई कमलकी कान्छी श्रीमती दाबी गरेकी थिइन् ।

    ती महिलाले कान्छी श्रीमतीका रुपमा कमलको आधा तलबसमेत बुझ्दै आएकी छन् । यसैबीच एसपी अर्यालले भने आफूले कमलमाथि हातपात नगरेको दाबी गरेका छन् ।
    तर, कान्छी श्रीमती पट्टीका सन्ताललाई नागरिकता दिन भनेको उनले स्वीकार गरे । काठमाण्डु टुडेबाट

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जब एसपी ‘साब’ ले असई ‘साब’लाई कानको जाली फुट्ने गरी तीन चड्कन दिए... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top