728x90 AdSpace

  • ताजा ताजा

    विश्वकै उत्कृष्ट बन्यो नेपाल, शेयर गरेर सबैमा खुसी साटौँ

    काठमाण्डौँ– नेपालको राष्ट्रगान ‘सयौँ फूलका थुँगा हामी...’ विश्वकै उत्कृष्ट मध्ये एक राष्ट्रगानमा पर्न सफल भएको छ । सो राष्ट्रगानको संगित र गीतमा उत्कृष्ट भावहरु समेटिएको भन्दै यसलाई विश्वकै सुन्न लायक राष्ट्रगानको दर्जा दिइएको हो ।



    ब्राजिलमा जारी ओलम्पिक सहभागी देशहरुको राष्ट्रिय गानमध्ये नेपालको राष्ट्रगान उत्कृष्ट १० मध्ये तेश्रो नम्बरमा परेको छ ।


    ‘रिपब्लिक अर डेथ, ट्राभल्स इन सर्च अफ नेशनल एन्थेम’ पुस्तकका लेखक तथा अध्यनकर्ता एलेक्स मार्सलले गरेको अध्ययन नेपालको राष्ट्रगान तेश्रो स्थानमा पर्न सफल भएको हो ।


    राष्ट्रगानहरुको भाव, शब्द र संगीतको आधारमा तया पारिएको सूचीमा नेपाल विश्वकै विभिन्न देशलाई पछि पार्न सफल भएको छ ।  तयार पारिएको उल्लेख गरिएको छ ।

             
    नेपालको भन्दा अघि रुस र म्यानमारको राष्ट्रिय गान परेका छन् । अन्य उत्कृष्ट १० मा रहेका देशमा चौथो इजरायल ,पाँचौ काजकिस्तान, छैटौं ब्राजिल, सातौ चीन, आठौं मौरितानिया, नवौं कङ्गो र दशौं स्थानमा पराग्वे हुन् ।



    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: विश्वकै उत्कृष्ट बन्यो नेपाल, शेयर गरेर सबैमा खुसी साटौँ Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top