728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्ड नेतृत्वको सरकारको ६ सदस्यीय मन्त्रिमण्डल गठन



    काठमाण्डु, २० साउन– बिहीबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रका गरी ६ जना मन्त्रीले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।


     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका दुई र माओवादीका तीन मन्त्रीले सपथ लिएका हुन् ।


    कांग्रेसको तर्फबाट उपप्रधानसहित गृहमन्त्रीको रुपमा बिमलेन्द्र निधि र रमेश लेखकले मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरे ।

    त्यसैगरी माओवादीको तर्फबाट उपप्रधानसहित अर्थमन्त्रीको रुपमा कृष्णबहादुर महरा, कृषि मन्त्रीको रुपमा गौरीशंकर थारु र युवा तथा खेलकुद मन्त्रीको रुपमा दलजीत श्रीपालीले पद तथा गोपनियताको सपथ लिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्ड नेतृत्वको सरकारको ६ सदस्यीय मन्त्रिमण्डल गठन Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top