728x90 AdSpace

  • ताजा ताजा

    प्रधानमन्त्रीले गरे गज्जवको काम


    काठमाण्डौँ, ३० साउन, २०७३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरलाई बिरामी जाँच गर्नबाट रोक्न निर्देशन दिएका छन् ।



    राष्ट्रिय मिडियामा नक्कली साबित भएका डाक्टरले बिरामी जाँचिरहेको खबर आएपछि प्रधानमन्त्रीले उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।


    आइतबार बिहान स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत् प्रधानमन्त्रीले सो निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।


    टेलिफोनमार्फत उप्रेतीलाई प्रधानमन्त्रीले भने, ‘तपाईंले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्नुस् ।’

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्रीले गरे गज्जवको काम Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top