728x90 AdSpace

  • ताजा ताजा

    सरकार परिवर्तनले नेपालसँगको सम्बन्धमा कुनै फरक पार्दैनः चीन


    काठमाण्डौँ, ३२ साउन, २०७३– उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ परराष्ट्रमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।


    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा सोमबार चीन प्रस्थान गरेका महराले मंगलबार चिनियाँ परराष्ट्रमन्त्रीसँग भेट गरेका हुन् ।


    भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, विकास र सहकार्यका विषयमा कुराकानी भएको थियो । भेटमा महराले वाङ यीलाई नेपालमा भएको सरकार परिवर्तनले यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयनमा कुनै असर नपार्ने जानकारी गराएका थिए ।


    भेटमा चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल चीनको युगौँदेखिको घनिष्ट छिमेकी मित्रराष्ट्र भएको बताउँदै सरकार परिवर्तनले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने बताएका थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सरकार परिवर्तनले नेपालसँगको सम्बन्धमा कुनै फरक पार्दैनः चीन Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top