728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डलाई ठूलै झड्का लाग्ने संकेत

    काठमाण्डौँ, १ भदौ, २०७३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रीपरिषद बैठकबाट गरेको निर्णय रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि प्रचण्डलाई झड्का लाग्ने संकेत देखिएको छ ।


    प्रचण्ड प्रधानमन्त्री भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा राजदूतमा सिफारिस गरेका १४ जनाको नाम फिर्ता लिने निर्णय गरेको थियो । तर, सर्वोच्चले सो निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो निर्णय उल्टिन सके सम्भावना बढेको हो ।

    प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजालसले सरकारका नाममा अघिल्लो सरकारले सिफारिस गरेको राजदूको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको  हो ।

    गत वैशाख ७ गते बसेको ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो।

    तीमध्ये ८ जना परराष्ट्र सेवा र १४ जना राजनीतिक पुष्ठभूमिका थिए। ओली सरकार ढलेर प्रचण्ड नेतृत्वको सरकार बनेपछि राजनीतिक पृष्ठभूमि भएकाहरुको सिफारिस रद्ध गरेको थियो ।

    प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पृष्ठभूमि भएकाको नाम फिर्ता लिएपछि एमाले पृष्ठभूमि भइ राजनीतिक सिफारिसमा परेकाहरु सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको सरणमा पुगेका थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डलाई ठूलै झड्का लाग्ने संकेत Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top