728x90 AdSpace

  • ताजा ताजा

    जबरजस्ती लादिएको संघीयताले मुलुक सिक्किमिकरण र फिजिकरण हुन्छः चित्रबहादुर

    काठमाण्डौँ, २१ साउन, २०७३, निर्वतमान उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाह्य शक्तिको इशारामा नयाँ सरकार गठन भएको आरोप लगाएका छन् ।



    शुक्रबार पार्टीद्धारा रिपोर्टर्स क्लब नेपालमा राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी नामक अवधारणा–पत्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने, ‘नेपालको सत्ता परिवर्तनमा बाह्य शक्तिको हात रहँदै आएको छ, अहिलेको सरकार पनि त्यसैको सिकार भयो ।’


    नेपालमा जबरजस्ती विदेशीको इशारामा संघीयता लादिएकोले आफूले यसबारेमा सरकारमा रहँदापनि घोर विरोध गरेको उल्लेख गर्दै भने, ‘संघीयताले मुलुकको कहिल्यै भलो गर्दैन भनेर मैले धेरै पटक भनिसकेको छु, अब यसबारेमा धेरै चर्चा के गरौं, जबरजस्ती लादिएको संघीयताले मुलुक सिक्किमिकरण र फिजिकरण हुन्छ ।’


    केपी ओली नेतृत्वको सरकारले मुलुकको विकासको लागि उल्लेखनीय काम गरेको दाबी गर्दै विकास नचाहनेहरुले एकाएक डराएर सरकार ढालेको उनको आरोप थियो ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: जबरजस्ती लादिएको संघीयताले मुलुक सिक्किमिकरण र फिजिकरण हुन्छः चित्रबहादुर Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top