728x90 AdSpace

  • ताजा ताजा

    वीरगञ्जबाट बस व्यवसायी अपहरित, ३० लाख फिरौति माग

    वीरगञ्ज, २० साउन, २०७३, वीरगञ्जबाट एक बस व्यवसायी अपहरणमा परेका छन् ।


    बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुर घर भएका बस व्यसायी राजु दोङ वीरगनञ्जको नयाँ बसपार्कबाट अपहरणमा परेका हुन् ।


    ३८ वर्षिय दोङ बुधबार दिउँसो साढे १२ बजे बसपार्क वरिपरी थिए । तर एकछिनपछि उनी त्यहाँबाट सम्पर्कबिहीन भएका थिए ।

     दोङले बुधबार दिउँसो साढे एक बजे आफनो मोबाइल नम्बरबाट छोरा नवीनलाइ फोन गरेर आफू अहपरणमा परेको खबर गरेका थिए । फोनमा उनले ३० लाख फिरौती मागेको जानकारी गराएका थिए ।

     आफन्तले बिहीबार प्रहरीलाई जानकारी गराएपछि उनको खोजि कार्य सुरु भएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगञ्जबाट बस व्यवसायी अपहरित, ३० लाख फिरौति माग Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top