728x90 AdSpace

  • ताजा ताजा

    सरकारले तराई–मधेस आन्दोलनका क्रममा मृतकलाई शहिद घोषणा गर्ने


    काठमाण्डौँ, २१ साउन, २०७३– सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई–मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई र मृतकलाई शहिद घोषणा गर्ने भएको छ।


     सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो।


    प्रधानमन्त्री हुनुअघि सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धनले तीन बुँदे सहमति गरेको थियो। सहमति बुँदा नम्बर दुईलाई आजैको क्याबिनेटबाट निर्णय गराउने सहमति भएको हो ।


    सहमतिको बुँदा नम्बर दुईमा ‘आन्दोलनको क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्दै सहीद घोषणा गर्ने, पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने। अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइते भएकाहरुलाई सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने। गिरफ्तार गरिएकाहरुलाई विना शर्त रिहाइ गर्ने र लगाइएका मुद्धाहरु सरकारले खारेज तथा फिर्ता लिने’ उल्लेख थियो।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सरकारले तराई–मधेस आन्दोलनका क्रममा मृतकलाई शहिद घोषणा गर्ने Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top