728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डका दूत बनेर गएका निधिले गरे भारतसँग खुसुक्क राष्ट्रघाती सम्झौता

    काठमाडौ, ५ भदौँ– रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेषदूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले काठमाण्डु–निजगढ फस्टट्रयाकको काम भारतीय कम्पनीलाई दिने प्रयितबद्धता जनाएका छन् ।


     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार हैदरावाद हाउसमा भएको भेटमा निधिले फास्टट्रयाक निर्माणको जिम्मा जसरी भए पनि भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएका हुन् ।

    मोदी र निधिबीच ४५ मिनेट लामो वार्तामा फास्टट्रयाकबारे प्रमुखताका साथ कुराकानी भएको थियो । निधिले यसअघि पनि उक्त काम भारतलाई दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । अघिल्लो सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमै निर्माण गर्ने योजना अघि सारेको थियो ।

    वर्तमान सरकार बनेपछि फास्टट्रयाक भारतलाई दिने चर्चाबीच निधिले मोदीसामु प्रतिबद्धता नै जनाएका हुन् ।

    ‘फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिने गरी तयारी भइरहेको छ’, निधिको भनाइ उद्धृत गर्दै त्यहाँस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘यसमा तपाईं विश्वस्त हुनुभए हुन्छ ।’

    निधि प्रधानमन्त्रीको विशेषदूतका रुपमा बिहीबार दिल्ली पुगेका थिए । उनले शुक्रबारदेखि राजनीतिक भेटभाट थालेका थिए ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डका दूत बनेर गएका निधिले गरे भारतसँग खुसुक्क राष्ट्रघाती सम्झौता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top