728x90 AdSpace

  • ताजा ताजा

    आज पनि माओवादीले मन्त्री छान्न सकेन

    काठमाण्डौँ, २८ साउन, २०७३– माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ ।


    शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डको नीजि निवास लाजिम्पाटमा बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको हो ।

    बैठकमा नेताहरुले स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    साथै बैठकले पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रबारे पनि सामान्य छलफल भएपनि मन्त्रीको नाम भने प्रधानमन्त्री प्रचण्डले प्रस्ताव नगरेको बैठकमा सहभागि एक नेताले बताए ।

    मंगलबार बसेको माओवादी हेडक्वाटरको बैठकले मन्त्रीहरु छान्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर आज शुक्रबार बसेको हेडक्वाटरको बैठकमा पनि प्रचण्डले मन्त्रीहरुको नाम प्रस्ताव गर्न सकेनन् ।

    उनले बैठकमा एक दुई दिन भित्रै मन्त्रीहरुको नाम तय गरिने बताए । माओवादीको तर्फबाट अब पाँच जना मन्त्रीहरु सरकारमा पठाउन बाँकी छ । त्यसमध्येमा कम्तिमा एक जना महिला मन्त्री बनाउनु पर्ने दबाब परेको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: आज पनि माओवादीले मन्त्री छान्न सकेन Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top